खानेपानीमन्त्री यादवको टोलीद्वारा कालीगण्डकी लिफ्टिङ खानेपानीको निरीक्षण

  वास खबर सम्बाददाता  291 पटक हेरिएको


पाल्पा : खानेपानीमन्त्री प्रदीप यादवको टोलीले कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको सम्पवेल क्षेत्रको निरीक्षण गरेको छ । खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्या बज्राचार्य र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठको टोलीले खानेपानी आयोजनाको निरीक्षण गरेको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीबाट निर्माण भैरहेको कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजना पाल्पाको तानसेन नगरपालिकामा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्य अनुरुप निर्माण भैरहेको छ ।

खानेपानी आयोजनाको निरीक्षण पछि पाल्पा स्थित राजनीतिक दलका प्रतिनिधीहरु, तानसेन नगरपालिका र तानसेन खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सम्मिलित सर्वपक्षीय भेलामा तानसेन नगरपालिका र पाल्पा जिल्लाकै खानेपानी आपूर्तिका लागि संघीय सरकारले सक्दो सहयोग गर्ने खानेपानी मन्त्री प्रदीप यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा सरकारको नीति अनुरुप ‘एक घर एक धारा’ को सुविधा सबै नागरिकसम्म पुर्‍याउनु पर्ने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार