ढुङ्गे धारामा पानी आउन बन्द भएपछि जारको भर

  वास खबर सम्बाददाता  124 पटक हेरिएको

काठमाडौ : कागेश्वरी मनोहरा–६ डुमादेवी टोलमा विगत चार महिनादेखि स्थानीय ढुङ्गेधारामा पानी आउन बन्द भएको छ । सय वर्ष पुरानो उक्त ढुङ्गेधारा नगरपालिकाले बनाउने क्रममा ३०० मिटर पर मुहानबाट आएको पाइप फुटेपछि पानी आउन छाडेको हो ।

पचासदेखि साठी घर परिवारले प्रयोग गर्दै आएको उक्त ढुङ्गेधारामा पानी आउन छाडेपछि उक्त स्थानमा पानीको विकल्प नभएकाले स्थानीयहरु जारको पानी खान बाध्य भएका छन् ।

स्थानीयले पटक–पटक नगरपालिकामा गई मेयरलाई ताकेता गरे पनि नगरपालिका तथा वडा कार्यालयले वेवास्ता गरेको स्थानीय बताउँछन् । अझ सुख्खा याममा त पानीको झन हाहाकार हुने स्थानीय बताउँछन् । समस्याको समाधान तुरुन्त नभए स्थानीयहरु आन्दोलनमा जान बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार