जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १४ वटा खानेपानी आयोजनाको पुनःनिर्माण

  वास खबर सम्बाददाता  255 पटक हेरिएको


रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा गत बर्षको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण गरिएको छ । भूकम्पका कारण भत्किएको, खानेपानीको मुहानै सरेको वडा नं। ११, १३ र १४ मा खानेपानीको आयोजनाको पुनः निर्माण गरी एक घर एक धारा जडान गरिएको हो ।

युनिसेफको आर्थिक सहयोगमा मेसि कोप्र्स नेपाल र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको प्राविधिक सहयोगमा सञ्चालित एकीकृत पुनर्लाभ कार्यक्रम मार्फत खानेपानीको मर्मत तथा पुनःनिर्माण गरिएको हो ।

खानेपानी धारासँगै घरघरमा शौचालय बनेपछि भुकम्प पीडित खुशीले गदगद भएका छन् । कार्यक्रम संचालन भएको थियो । पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका कार्यक्रम संयोजक रत्न डाँगीले अनुसार १४ वटा खानेपानी आयोजनाबाट १ हजार ६६ घरपरिवार लाभान्वित भएका छन् ।

यस्तै ९ वटा विद्यालयमा बालमैत्री खानेपानी धारा निर्माण गर्नुको साथै छात्रा तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको छ । विद्यालयमा निर्माण गरिएका बालमैत्री खानेपानी धारा, छात्रा तथा अपाङ्गतामैत्री शौचालयबाट २ हजार २३३ जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका उप–प्रमुख धन कुमारी शाहीले फारुल्ला, चिसापानी, भल्म, बाँके ज्युलासम्मका खानेपानी आयोजनाहरुको अनुगमन गर्नुभयो । आयोजना निर्माण पश्चात खानेपानीको अभावमा बर्षाको उर्लिदो भेलको दुषित भेरी नदीको पानी गाग्रीमा बोकेर खानुपर्ने अबस्थाको अन्त्य भएको आठबिसकोट–११ को छ्यारछ्यारे समावेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाल कुमारी खड्काले बताउनुभयो ।

यस्तै फारुला चिसापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष दयाराम घर्तीले पानीको अभावमा छट्पटाइ रहेका भुकम्प प्रभावित बस्तीहरुमा खानेपानी आयोजना निर्माणको लागि सहयोग गर्ने दाता, विकास साझेदार, स्थानीय तह र जनप्रतिनीधिहरुलार्इ धन्यबाद व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार