काठमाडौ : खानेपानी तथा सरसफाइ नियमावली – २०८१ ले खानेपानी तथा सरसफाइ सेवा प्रदायकले उपभोक्तासँग लिन पाउने खानेपानी महसुल तथा सरसफाइ सेवा वा ढल निकास प्रणालीको महसुल तथा सेवा शुल्क तोक्ने जिम्मेवारी खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई दिएको छ ।
नियमावलीको नियम ५१ मा सेवा शुल्क छुट दिन सकिने व्यवस्था गरेको छ । नियमावली अनुसार देहायको अवस्थामा खानेपानी तथा सरसफाइ सेवा शुल्कमा छुट दिन सकिने व्यबस्था गरेको छ ।
√ आयोगबाट निर्धारित सेवा शुल्क तिर्न नसक्ने विपन्न व्यक्ति तथा परिवारलाई प्रदेश सरकार तथा स्थानीय तहबाट प्राप्त सम्भावित मूल्य वृद्धिको आधारमा धारा जडान, शौचालय निर्माण, ढल जडान बापतको शुल्कमा असी प्रतिशत सम्म तथा महसुलमा उपभोक्ताको आर्थिक अवस्थालाई विचार गरी छुट दिन सक्ने।
√ ढल निकास सेवा व्यवस्थापन गर्ने सम्बन्धमा स्रोतमा नै फोहोरपानी न्यूनीकरण गर्ने कार्यमा संलग्न घरधुरीलाई प्रशोधन हुने ढलको परिमाण तथा गुणस्तर परीक्षण गरी आयोगले निर्धारण गरेको ढल निकास सेवा महसुल, शुल्क वा सेवा शुल्कमा सेवाप्रदायकले छुट दिन सक्ने।