सरकारले हरित उत्थानशील कार्यक्रमका लागि विश्व बैंकबाट एक सय मिलियन डलर ऋण लिने

  वास खबर सम्बाददाता  89 पटक हेरिएको


काठमाडौ : सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि एक सय मिलियन डलर ऋण लिने भएको छ। यही माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋण अन्तर्गत प्राप्त हुने एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  पत्रकार सम्मेलन गरी माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

हेर्नुहोस् मन्त्रीपरिषद बैठकका निर्णयहरु :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार