काठमाडौं : खानेपानी मन्त्रालयमा भएको आगलागी सम्बन्धी घटनामा शंकास्पद दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आज बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको घटनामा शंकास्पद दुई जना कर्मचारीलाई पक्राउ गरी सोधपुछ भैरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिनुभयो।
खानेपानीमन्त्री यादवको कार्यकक्षमा आगलागी हुँदा झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् ।
मन्त्रीको कार्यकक्ष भएकाले आगलागीमा कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ ।काठमाडौँ प्रहरी परिसरका प्रवक्ता बोहराले थप अनुसन्धान भैरहेको बताउनुभयो।