काठमाडौं : सरकारले खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकालाई नियुक्त गर्ने निर्णय गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सिराञ्चोक गााउँपालिका ७ गोरखाका अर्जुन बाबु ढकाललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी गराउनु भएको हो।
नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा रहेका सिराञ्चोक गााउँपालिका ७ गोरखाका अर्जुन बाबु ढकाल, काठमाडौ महानगरपालिका वानेश्वर-३१, काठमाडौंका डा. इश्वर प्रसाद, चितवन भरतपुर-१४ का डा. डोल प्रसाद चापागाई, टोखा-९ सिद्धिटोल, काठमाडौंका निरण महर्जन र नरदेवी-१८, काठमाडौंका बुद्ध रत्न महर्जनले यही माघ २९ गते मङ्गलबार व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण गरेका थिए भने सो को भोलिपल्ट अन्तरवार्ता गरिएको थियो ।
बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक-फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिनुभयो।
बैठकले फागुन १२ बाट जेनेभामा हुने संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८औं सत्रमा भाग लिन परराष्ट्र मन्त्रीको भ्रमण पनि स्वीकृत गरेको छ। त्यस्तै नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदान प्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने नेपाल र अमेरिका बीच हुने पुरातात्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको ओसारपसार तथा आयात प्रतिबन्ध सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो।
बैठकले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकका थप निर्णयहरु