मेलम्चीको पानी समानुपातिक तवरले वितरण गर्न पानी पोखरी तथा पाइपमा समेत स्काडा सिस्टम

  वास खबर सम्बाददाता  229 पटक हेरिएको


काठमाडौ : मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि पानी पोखरी र नयाँ वितरण सञ्जालका पाइपलाइन समेत SCADA मार्फत सञ्चालन गर्न थालेको छ ।

काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने पानीलाई समानुपातिक किसिमले वितरण गर्नका लागि यस्तो व्यवस्था मिलाएको आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई.चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो ।

‘आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत SCADA मार्फत गर्ने व्यवस्था मिलाइएको छ’ पिआईडीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पिआईडीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली Supervisory Control and Data Acquisition (SCADA) मार्फत गर्ने व्यवस्था गरेको हो।


सोही व्यवस्था अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्ष (Control Room) बाट SCADA प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालेको जनाएको छ ।

साथै SCADA प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी KUKL को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

यसैगरी SCADA प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपोखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था समेत मिलाइएको छ ।

‘नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर जडान गर्ने कार्य समेत गरिएको छ’ पिआईडीले भनेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार