आगामी एक वर्षभित्रै ५७ प्रतिशत जनतामा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउने मन्त्री यादवको दाबी

  वास खबर सम्बाददाता  163 पटक हेरिएको

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले अबको एक वर्षभित्रै ५७ प्रतिशत जनतामा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउने दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा सीमित रहेको सुरक्षित खानेपानीको पहुँच एक वर्षभित्रै ५७ प्रतिशत जनतामा पुर्‍याउने महत्वकांक्षी लक्ष्य प्रस्तुत गर्नुभएको हो ।

उहाँले यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी दिनुभयो। मन्त्री यादवले तराई मधेशमा सुख्खा मौसममा देखिने खानेपानी समस्या समाधान गर्नका लागि डिप ट्युवेल मार्फत खानेपानी आपूर्ति बनाउने योजना कार्यान्वयनमा रहेको बताउनुभयो।

यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डिप ट्युवेल निर्माणको कार्य अघि बढेको उहाँको भनाइ छ । उहाँले मकवानपुरको राप्ती खोलाका साथै सुनकोशी डाइभरर्सनबाट समेत खानेपानीको आपूर्ति गर्नका लागि डिजाइनको प्रक्रिया अघि बढेको उल्लेख गर्नुभयो।

उहाँले झापादेखि महेन्द्रनगरसम्मका अधिकांशका जिल्लामा २०० भन्दा बढि खानेपानी ट्याङ्की बनेर तयार भएपनि सञ्चालनमा आउन नसकेको भन्दै मन्त्रालयले सहजीकरण गरेर त्यसलाई सञ्चालनमा ल्याइने बताउनुभयो।

उहाँले देशभर नै खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गर्न मुहानको संरक्षण गर्दै लैजाने र खानेपानीका विषयमा राजनीतिकरण हुन नदिने स्पष्ट पार्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार