ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले पानी संरक्षणका लागि पाँच बुँदे प्रतिबद्धता जाहेर गरेको छ । गोदावरी नगरपालिकाको विभिन्न समुदायका १५० महिलाहरुको उपस्थिति एवं गोदावरी नगरपालिकाका नगर उपप्रमुखको अध्यक्षतामा एकीकृत जलस्रोत व्यवस्थापन योजना निर्माण गर्ने लगायत ५ बुँदे प्रतिबद्धता जाहेर गरेको हो ।
प्रतिबद्धताहरु :
१. गोदावरी नगरपालिका, प्रदेश र संघीय सरकार वीचको समन्वय र सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्था लगायत अन्य सरोकारवाला समेतको संलग्ननामा एकिकृत जलस्रोत व्यवस्थापन योजना अनुसार जल सुशासन कायम हुने गरी जलस्रोतको दिगो उपयोग, सरंक्षण, व्यवस्थापन र नियमन गर्न प्रतिवद्ध छौ ।
२. गोदावरी नगरपालिकाको पानी संरक्षणको लागि नीतिगत एवं कानूनी व्यवस्थाका साथै निर्देशिका तथा मापदण्ड तर्जुमा गरी नगरपालिकाले एकीकृत जलस्रोत व्यवस्थापन योजना निर्माणको कदम अगाडि वढाउन प्रतिवद्धता व्यक्त गर्दछौ ।
३. गोदावरी नगरपालिकाको पानी संरक्षण क्षेत्र पहिचान गरी ती क्षेत्रहरुको संरक्षणको लागि संघिय, प्रदेश, गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
४. गोदावरी नगरपालिकामा रहेका पानीका स्रोतहरु जस्तै ढुगेंधारा, राजकुलो, मुहान, ईनार, कुवा संरक्षण तथा व्यवस्थापनको लागि महिलाहरुको क्षमता अभिवृद्धि सम्वन्धी तालिमहरु संचालन गर्न प्रतिवद्ध छौ ।
५. गोदावरी नगरपालिकामा रहेका मुख्य नदीहरु जस्तै गोदावरी, कड्कुु र नख्खुखोलाको गुणस्तर तथा पानीको वहाव वढाउनको लागि गोदावरी नगरपालिकाले आकाशेपानी संकलन र पुर्नभरणका लागि सरोकारवालाहरुसँग समन्वयत्मक तरिकाबाट कार्य अगाडि वढाउन प्रतिवद्ध छौ ।