काठमाडौ उपत्यकाका नेवार समुदाय इनार, कुवा सरसफाइ गरी सिठी नखः पर्व मनाउदै

काठमाडौ १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले आज ‘सिठी नखः’ पर्व मनाइरहेका छन् । यो पर्व हरेक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै घर आँगन सरसफाइ गरेर मनाइन्छ ।

यो पर्व लिच्छवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । नेवार समुदायभित्र पनि हिन्दु तथा बौद्ध धर्मावलम्बीले समेत सिठी नखः पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएको पाइन्छ ।

सिठी नखःले परापूर्वकालदेखि पानीका मुहान सधैँ सफा राख्नुपर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनुपर्दछ भन्ने सन्देश समेत दिने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

त्यसैले नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलन समेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधारा सरसफाइ गरेर सिठी नखः पर्व मनाइने गर्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार