कल बहादुर रोकाया, जुम्ला
मानव जीबनको उत्पति संगसंगै फोहोरमैलाको सुरुवात भएको बिश्व इतिहास पाईन्छ । सिर्फ फोहोरमैलाको रुप र सारमा मात्र फरक भएको छ । त्यो समयमा फोहोरमैलाको रुपमा मानवमलमुत्रलाई लिइन्थ्यो । सो मानव मलमुत्रलाई ब्यबस्थित रुपमा बिसर्जन नगरि दिनाले झिंगा, मुसा र लामखुट्टेको बृद्धि संगसगै यसले हाबा, पानी र खानामा समेत दुषित पारी दिनाले सो को प्रकोपले गर्दा मानब स्वास्थ्य संगसगै बातावरणमा समेत असर पर्न गई मानवको अकालमा मृत्यु हुने गर्दथ्यो । सो प्रक्रिया आजको २१ औ सताब्दीमा पनि हाम्रो जस्तो देश नेपालमा पनि यसको निरन्तरता अझै पाईरहेका छौ ।
अझै भन्नु पर्दा जुम्ला जिल्ला संगसगै जुम्ला जिल्लामा अबस्थित चन्दननाथ नगरपालिकालाई लिन सकिन्छ । चन्दननाथ नगरपालिकालाई दिसामुक्त क्षेत्रको घोषणा २०७२ साल मंसिर १२ गते गरेतापनि अझै मानब मलमुत्रहरुको पुर्ण ब्यबस्थापन हुन नसकेको पाईन्छ ।
यसै गरि चन्दननाथ गा.बि.स. बाट चन्दननाथ नगरपालिकाको घोषणा २०७१ साल जेठ ४ गते ४ वटा गा.बि.स.हरुलाई समेटेर गरेको पाईन्छ जसमा चन्दननाथ, महत, कार्तिकस्वामी र तलिउम रहेका छन, क्षेत्रफल बृद्धि संगसगै जनसंख्या बृद्धि र शहरीकरणले गर्दा मानवमलमुत्र, बजारको फोहोरमैला, सडकको फोहोरमैला, घरेलु फोहोरमैला, हस्पिटलका फोहोरमैला र औधोगिक लगायत कार्यालयका फोहोरमैलाको संख्या ह्वातै बढेको पाईन्छ । नेपालको सहरी क्षेत्रमा एसियाली विकास बैकंले सन् २०१३ मा गरेको एउटा सर्वेक्षण अनुसार हरेक दिन एक जना व्यक्तिले १७० ग्राम फोहोर उत्पादन गर्दछ । यस्तै ४ किलो ग्राम प्रति स्कुल, १.४ किलोग्राम प्रति पसल र ५.७ किलोग्राम प्रति होटेल तथा रेष्टुरेन्टहरुले फोहोर उत्पादन गर्ने गरेको पाईन्छ । चन्दननाथ नगरपालिकामा संख्याको दृष्टिकोणले हाराहारी २००० के.जी. प्रति दिनको दरमा फोहोर संकलन भएको पाईएको छ ।
चन्दननाथ नगरपालिका भित्र मानबमलमुत्रलाई व्यवस्थित र बिसर्जन गर्नका लागि घरेलु चर्पीको ब्यबस्था धेरै जस्तो बस्तीहरु र बजार क्षेत्रहरुमा गरेको पाईन्छ । तर बजार क्षेत्रहरुमा केही घरेलु चर्पीहरुको निकास सिधै जुगाड खोलामा मिसाईएको छ, जसले गर्दा खोलाको पानीलाई पनि दुषित बनाई केही हदसम्म बातावरण प्रदुषित भईराखेको छ ।
तर बजारको फोहोरमैला, सडकको फोहोरमैला, घरेलु फोहोरमैला, हस्पिटलका फोहोरमैला र औधोगिक लगायत कार्यालयका फोहोरमैलाको पूर्ण व्यवस्थापन र बिसर्जन हुन सकेको पाईदैन, किनकि डम्पिङ्ग साईटको अन्यौलता अझै कायमै छ । मुख्यबजार क्षेत्रमा घरेलु फोहोरमैलाबाट आउने फोहोर पानी अव्यवस्थित ढलबाट निकास भई बजार क्षेत्र दुर्गन्धित संगसंगै जुगाड खोलाको पानी पनि दुषित गरि रहेको पाईन्छ ।
यसैले चन्दननाथ नगरपालिकाको मुख्य शहरी क्षेत्रलाई फोहोरमैलाको ब्यबस्थापन र बिसर्जन गर्न जरुरी भैसकेको र निकै ढिला भएकोले यसमा चन्दननाथ नगरपालिका लगायत यसका जिम्मेवार निकायहरुले समयमा नै ध्यान दिनु जरुरी छ र चाँडो भन्दा चाँडो यसको निकास हन आबश्यक छ, अन्यथा स्मार्ट सिटीको कल्पना गरेको चन्दननाथ नगरपालिका अन्तमा फोहोर सिटिको रुपमा परिणत नहोला भन्न सकिदैन ।
अझै ढिलो भएको छैन, समयमा सचेत रहौ र जनताका स्वास्थ्यमा खेलबाड गर्ने र जनताको स्वास्थ्य रहने अधिकारबाट बन्चित नगरौ । साथै बातावरणलाई सफा र प्रदुषित हुनबाट बचाई नगरपालिकाको ईज्जत भनेको जनताको ईज्जत हो, यसमा पनि ख्याल गर्न समयमा जरुरी छ ।