नुवाकोट : काठमाडौ उपत्यकाबाट दैनिक ट्रकका ट्रक ओसारिने फोहोर कसरी विसर्जन गरिदो हो ? फोहोरबाट प्रभावित बासिन्दाको अवस्था कस्तो होला ? फोहोरले भरिएको सिसडोलमा अब फोहोर बिसर्जन गर्न सम्भव होला ? यीनै प्रश्नहरुको जवाफ खोज्न हामी काठमाडौंबाट फोहोरको गाडीलाई पछ्याउँदै ‘सिसडोल ल्याण्डफिल साईड’ पुग्यौं ।
चिया पसलमा माहुरी जस्तै झिंगा भन्किरहेको थियो । टेबूलको एउटा कुनामा झिंगाको लास थुपारिएको थियो । लाग्थ्यो, चिया बेच्ने साहुनीको दिनचर्या झिंगा मार्नमै वित्दोरहेछ कि ?’
सुरुमा ल्याण्डफिल साईड वरिपरि बसोबास गर्ने बासिन्दाको भन्दा अलि परतिरको बस्तीको अवस्था बुझ्ने चेष्टा ग¥यौं । धादिङको धुनीबेसी नगरपालिका १ ढाँडेका बद्री ओझा घरबाहिर बसेर झिंगा धपाउँदै हुनुहुन्थ्यो । मंसिरको घाम ताप्दै गर्नुभएका ओझाको टाउको, मुहार, शरिर जताततै झिंगा बसेपछि घाम ताप्न भन्दा पनि झिंगा धपाउन बसेजस्तो देखिन्थ्यो ।
‘नमस्कार ! हामी काठमाडौ बाट आएका हौं, बर्षौदेखि काठमाडौको फोहोर विसर्जन गर्दै आएको ठाउँ कस्तो रहेछ ? स्थानीय बासिन्दाले के कस्तो समस्या झेलिरहेका रहेछन् ? भनेर बुझ्न आएका हौैं, हामी वास मिडिया फोरम नेपाल भन्ने संस्थासँग आवद्ध छौं । हामी पत्रकार हौं ।’ सँगै रहेका पत्रकार मनिषा अवस्थीले सिसडोल ल्याण्डफिल साईड भ्रमणको उद्देश्यबारे बताउनुभयो ।
च्यापुमा हात राखेर ध्यानपूर्वक सुनिरहनुभएका ओझाले कुरा बुझिहाल्नुभयो । उहाँले नजिकै रहेको चिया पसलमा लैजानुभयो । एकैछिनमा स्थानीय ललिता बस्नेत, टोकल तामाङ, दिपक कार्की लगायत वरिपरि भए जत्ति सबै भेला हुनुभयो ।
चिया पसलमा माहुरी जस्तै झिंगा भन्किरहेको थियो । टेबूलको एउटा कुनामा झिंगाको लास थुपारिएको थियो । लाग्थ्यो, चिया बेच्ने साहुनीको दिनचर्या झिंगा मार्नमै वित्दोरहेछ कि ?’
सुरुमा यो जापानी प्रविधिबाट फोहोर व्यवस्थापन गर्न लागेको, फोहोर फालेपनि त्यही खोलाको पानी पिउँदा पनि केही फरक नपर्ने, हावापानी केही पनि प्रदुषण नहुने, गन्ध पनि नआउने र एक घर एक रोजगार प्रदान गर्ने कुरा गरेपछि रोजगारीको खोजीमा विदेश धाउँदै आएका त्यहाँका बासिन्दा लोभिएका रहेछन् ।
‘हामीलाई त त्यो बेला मख्खै पारे, फोहोर फ्याँके पनि गन्हाउँदैन, स्थानीय बासिन्दालाई विभिन्न तालिमहरु दिइने, सीप विकास सम्बन्धीका तालिम पाएपछि स्वरोजगार बन्ने, विभन्नि फ्याक्ट्री पनि सञ्चालन गर्ने कुराले हामी लोभियौं । अहिले हाम्रो वातावरण, स्वास्थ्य बिग्रेको छ । यसको उजुरी गर्न हामी कहाँ जाउँ ? जाने कतै ठाउँ छैन’ दिपक कार्कीले आफ्नो दुःखेसो पोख्नुभयो ।
‘सुरु सुरुमा फोहोरबाट प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति स्वरुप प्र्रति घरको प्रति वर्ग फिट ५० रुपैयाँ दिइन्थ्यो, बीचमा त्यो पनि कटाईदियो । २०७० सालसम्म हामीले मासिक ६ हजार २०० रुपैयाँ बुझ्दै आएका थियौं अहिले त बर्षको बल्ल १२/१३ हजार रुपैयाँ मात्र पाउँछौं’ स्थानीय ललिता बस्नेतले भन्नुभयो । उहाँका अनुसार पुराना घरको हकमा थोरै भएपनि क्षतिपूर्ति दिईदै आएपनि नयाँ बनेका घरको अहिलेसम्म मापन गरिएको छैन । ती घरका मानिस फोहोरबाट प्रभावित भएपनि तिनले केही पाएका छैनन् ।
कनकना नदी बन्यो, लिचेड खोला
काठमाडौ उपत्यकाको फोहोर, जहाँ विसर्जन गरिदै आएको छ, त्यसैको फेदबाट बग्दछ सानो खोला । जसलाई पहिले कनकना नदी भनिन्थ्यो । कसै कसैले कोल्पू खोला पनि भन्ने गर्थे । अहिले भने उक्त खोलाको नाम लिचेड खोला भएको छ । अर्थात फोहोरको झोल बग्ने खोला ।
कनकना नदीको नाम त्यत्तिकै लिचेड खोला भएको होइन । बर्षौ पहिले फ्याँकेको फोहोरको समेत कालो झोल बगिरहन्छ । बाह्रै महिना बग्ने फोहोर झोलले खोला दुर्गन्धित भएको छ । फोहोर फ्याँक्नु अघि स्थानीय बासिन्दासँग गरेको प्रतिबद्धता सम्झिदै धुनीवेसी नगरपालिका १ का बद्री ओझा भन्नुहुन्छ ‘त्यसबेला यो खोलाको पानी प्रदुषण हुने छैन, फोहोरको झोललाई प्रशोधन गरेर मात्र मिल्काईने भएकाले खोलाको पानी पिउन पनि मिल्छ भनेका थिए । हामी चुनौती दिन्छौं, त्यसो भन्ने हाकिम साबहरुले अहिले यहाँको खोलाको एक थोपा पानी पिएर देखाओस् हामीलाई केही क्षतिपूर्ति दिनुपर्दैन ।’
खोलाको पानी प्रदुषित हुँदा गाउँमा दुर्गन्ध फैलिएको मात्र होइन, फोहोर झोल खाएर पशु चौपाया ठहरै मर्ने गरेको ललिता बस्नेतले सुनाउनुभयो । चरणमा पठाएको गाई, बाख्राले फोहोरको झोल खाईदिने र उच्च प्रदुषणका कारण गाईबाख्रा मरेको उहाँले बताउनुभयो । फोहोरका कारण बर्षातमा वल्लोपल्लो गाउँ जाने बाटो समेत बन्द हुने, भुस्याहा कुकुरले फोहोर गाउँभरि फैलाउने, भुस्याहा कुकुरले टोक्ने, मानिस अस्वस्थ हुने, सधैं विरामी भईरहने, गाउँभरि गन्ध फैलिएर खाना खान समेत नसकिने जस्ता दर्जनौं समस्यासँग मुकाबिला गरेर बाँच्न बाध्य भएको बस्नेतले बताउनुभयो ।
राज्यले दमन गरेर जबरजस्ती फोहोर फ्याँकिरहेको छ : स्थानीय बासिन्दा
फोहोर विसर्जन गर्ने क्षेत्रमै पर्दोरहेछ सन्तराम श्रेष्ठको घर । बर्षातमा फोहोरको गाडी उक्लिन नसक्दा उहाँको घरको आँगनमै हप्तौसम्म फोहोरको गाडीको लाम लाग्दो रहेछ । राज्यले सिसडोलका बासिन्दालाई दमन गरेर जबरजस्ती फोहोर विसर्जन गरिरहेको उहाँको बुझाई छ ।
‘फोहोर फ्याँक्न नदिउँ राज्यले दमन गरेर सार्वजनिक मुद्दा चलाउँछ, फोहोर फाल्न दिउँ गन्हाएर बसिनसक्नु छ । घरै छोडेर जाऊँ भने अन्त कतै ठाउँ छैन ।’ उहाँले आफ्नो बाध्यता सुनाईरहँदा उहाँको मुहारमा आक्रोशको भाव झल्किसकेको थियो ।
स्वस्थ वातावरणमा बाँच्न पाउने, सम्मानित नागरिक भएर जिउन पाउनुपर्ने हकको रक्षा गर्नुपर्नेमा राज्यले नै उनीहरुलाई दमन गरेर जबरजस्त फोहोर थुपारेर उक्त हक खोसेको छ । त्यस क्षेत्रका जनताले खुल्ला रुपमा सास फेर्न पाईरहेका छैनन् । उनीहरु स्वस्थ तरिकाले जिईरहेका होइनन्, प्रदुषित हावामा निस्सासिएर सास फेरिहेका हुन् ।
फोहोरले बसिनसक्नु भएपछि उनीहरुले बेला बेलामा अवरोध पनि पु¥याउँदै आएका छन् । तर राज्यको शक्ति अगाडि उनीहरुले गरेको आन्दोलन तथा अवरोध पहाडलाई कुहिनाले ठोके जस्तो मात्र भईरहेको छ । सन्तराम भन्नुहुन्छ ‘हामीले तीन दिन फोहोर फाल्न नदिए काठमाडौ दुर्गन्ध हुन थाल्छ, त्यो कुरा प्रधानमन्त्री सम्म पुग्छ, प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देशन दिनुहुन्छ, राज्यको सबैशक्ति एकजुट हुन्छ र हामीलाई प्रहरी लगाएर तितरवितर पारेर भएपनि फोहोर फ्याँकेरै छाड्छ ।’ उहाँले भन्नुभयो ।
सन्तरामको भनाइ, भाव र आक्रोशबाट राज्यले जबरजस्ती गाउँको बीचमा फोहोर विसर्जन गरिरहेको प्रतित हुन्छ । स्वस्थ वातावरणमा बाँच्न पाउने, सम्मानित नागरिक भएर जिउन पाउनुपर्ने हकको रक्षा गर्नुपर्नेमा राज्यले नै उनीहरुलाई दमन गरेर जबरजस्त फोहोर थुपारेर उक्त हक खोसेको छ । त्यस क्षेत्रका जनताले खुल्ला रुपमा सास फेर्न पाईरहेका छैनन् । उनीहरु स्वस्थ तरिकाले जिईरहेका होइनन्, प्रदुषित हावामा निस्सासिएर सास फेरिहेका हुन् ।
नोट : स्थानीय बासिन्दाले भोगिरहेको यीनै समस्याको समाधानको अबको बाटो के हुन सक्छ ? यसै बिषयमा बृहत छलफल गर्ने उद्देश्यले शुक्रबार दिउँसो १ बजे नुवाकोटको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ , काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल र फोहोर व्यवस्थापन संघर्ष समितिका संयोजक विश्वास डिसी तथा स्थानीय बासिन्दा सहितको टेलिभिजन कार्यक्रम ‘वास बहस’ सिसडोलमै छायांकन गरिदैछ । उक्त कार्यक्रम नाइस टेलिभिजन मार्फत हेर्न सक्नुहुनेछ ।
पी.टी.लोप्चन