काठमाडौ : आज विश्व रिसाईक्लिङ दिवस । संसारभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । फोहोर व्यवस्थापनमा फोहोरजन्य वस्तुलाई स्रोतमा परिणत गरी पुनः प्रयोगमा ल्याउनु धेरै महत्वपूर्ण र वातावरणमैत्री भएकाले विश्वले पुनः प्रयोगको महत्वलाई पहिचान गरी सन् २०१८ देखि मार्च १८ तारिखलाई विश्व रिसाईक्लिङ दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने काठमाण्डु रिसाइकल्डले गुथिसँगको सहकार्यमा पहिलो पटक यो दिवस मनाउन लागेको हो ।
महानगरमा एक व्यक्तिले दैनिक करीब ४६५ ग्राम फोहोर उत्पादन गर्ने काठमाडौं महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । २०१६ को तथ्यांक अनुसार महानगरमा दैनिक साढे ४०० देखि ५०० टन फोहोर निस्किन्छ ।
काठमाण्डु रिसाईकल्ड अभियान नाम दिईएको कार्यक्रममा काठमाण्डु रिसाईक्लडले विश्व रिसाईक्लिङ दिवसको बारेमा जानकारी गराउने, SWAMA Nepal लगायत फोहोरमैलाको पुनःप्रयोग तथा पुनःउत्पादनको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाले रिसाईक्लिङ बारे अनुभव प्रस्तुत गर्नेछन् । यस्तै रिसाईक्लिङ हिरोहरुलाई सम्मान गर्ने लगायत कार्यक्रमहरु हुने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
महानगरमा एक व्यक्तिले दैनिक करीब ४६५ ग्राम फोहोर उत्पादन गर्ने काठमाडौं महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । २०१६ को तथ्यांक अनुसार महानगरमा दैनिक साढे ४०० देखि ५०० टन फोहोर निस्किन्छ ।
संकलित फोहोरमा रहेका वस्तुको अध्ययन गर्दा करीब ६३ प्रतिशत कुहिने फोहोर, ११ प्रतिशत प्लास्टिक, ९ प्रतिशत कागज, ५ प्रतिशत सिसा, ०।५ प्रतिशत धातु र बाँकी अन्य फोहोर रहेको पाइएको छ । प्रायः प्लास्टिक, कागज, सिसा र धातुहरू प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने वस्तु हुन् ।
यस्ता वस्तु घरघरबाट संकलन र किनबेचमा केही व्यक्ति तथा संस्था सक्रिय पनि छन् । काठमाडौंको फोहोरमा रहेका नकुहिने विभिन्न वस्तु र कुहिने फोहोरबाट कम्पोस्ट मल बनाई बेच्न सक्ने हो भने प्रतिकिलो तीन रुपैया १५ पैसा आम्दानी गर्न सकिन्छ भनेर दशौं वर्ष अघि अनुसन्धानले देखाएको थियो ।
विश्व रिसाईक्लिङ दिवसको पूर्व सन्ध्यामा मंगलबार मात्र काठमाडौं महानगरपालिका भित्रको पुनःप्रयोग गर्न मिल्ने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा। लि। बीच सम्झौता भएको छ ।
काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरको परिमाण :
१. काठमाडौं महानगरपालिका काठमाडौं ५१६ मेट्रिक टन
२. कीर्तिपुर नगरपालिका काठमाडौ ६ मेट्रिक टन
३. कागेश्वरी मनहरा नगरपालिका काठमाडौ २० मेट्रिक टन
४. चन्द्रगिरी नगरपालिका काठमाडौ ३० मेट्रिक टन
५. गोकर्णेश्वर नगरपालिकाका काठमाडौ ६० मेट्रिक टन
६. टोखा नगरपालिकाका काठमाडौ ३५ मेट्रिक टन
७. तार्केश्वर नगरपालिका काठमाडौ ३५ मेट्रिक टन
८. बुढानिलकण्ठ नगरपालिका काठमाडौ ३५ मेट्रिक टन
९. दक्षिणकाली नगरपालिका काठमाडौ १५ मेट्रिक टन
१०. नागार्जुन नगरपालिक काठमाडौ ३५ मेट्रिक टन
११. शंखरापुर नगरपालिका काठमाडौ ८ मेट्रिक टन
१२. ललितपुर महानगरपालिका ललितपुर १३० मेट्रिक टन
१३. गोदावरी नगरपालिका ललितपुर २५ मेट्रिक टन
१४. महालक्ष्मी नगरपालिका ललितपुर ३० मेट्रिक टन
१५. भक्तपुर नगरपालिका भक्तपुर —
१६. मध्यपुरथिमी नगरपालिका भक्तपुर ३० मेट्रिक टन
१७. चाँगुनारायण नगरपालिका भक्तपुर १५ मेट्रिक टन
१८. सूर्यविनायक नगरपालिका भक्तपुर २५ मेट्रिक टन
जम्मा फोहोर – १०४५ मेट्रिक टन
स्रोत : काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभाग ।