कोरोनाको बेला पूर्ण सरसफाइ अभियान झनै शसक्त बन्दै, घर घरमै हात धुने स्थान

झापा : विश्व यतिबेला कोरोना भाइरसको संक्रमणलाई कसरी तह लगाउने भनेर अनेकौं उपायको खोजीमा छ । शत्तिशाली राष्ट्रहरु समेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । बैज्ञानिकहरु कोरोना भाइरसको खोप परिक्षण गर्न लागेको समाचारहरु समेत आइरहेका छन् भने बिश्व स्वास्थ्य संगठन कोरोना भाइरसबाट बच्न बिभिन्न उपायहरु अवलम्बन गर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, मास्कको प्रयोग, सामाजिक दुरी अवलम्बन, आइसोलेसन तथा व्यत्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गरिरहेको छ ।

बिराट सामुदायिक अध्ययन केन्द्र झापाले झापाको बिर्तामोड नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । कोरोना भाइरसले पारिरहेको यो कठिन अवस्थामा समेत पूर्ण सरसफाइ अभियानकर्मीहरु सरसफाइको क्षेत्रमा दिन रात खटिरहेका छन् । बिर्तामोड, गौरीगञ्ज र कमल गाउँपालिकामा सरसफाइकर्मीहरु समुदाय स्तरमा चर्पीको स्तरोन्नति, हात धुने स्थान निर्माण, फोहोरमैला व्यवस्थापन, व्यत्तिगत सरसफाइ तथा घरायसी सरसफाइ जस्ता कुराहरुमा ख्याल गर्न आग्रह गरिरहेका छन् ।

पूर्ण सरसफाइ अभियान शुरुवात भएदेखि नै व्यत्तिगत सरसफाइमा बिशेष जोड दिन आग्रह गरिरहेको सरसफाइकर्मीहरु यो कठिन समयमा पनि सरसफाइ आफ्नै लागि हो भन्दै चेतना छरिरहेका छन् । पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको धेरै समुदायमा हात धुने स्थानको निर्माण भएका छन् भने जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने आनीबानीमा परिवर्तन समेत आउन थालेको छ ।

गौरीगञ्ज गाउँपालिकाको सुदमभिट्टामा रहेका ५० घरधुीले हात धुने स्थान बनाएका छन् भने हात धुने बानीमा पनि परिवर्तन आउन थालेको छ । यस समुदायका सबै घरधुरीले हात धुने स्थान निर्माण गरेका र जोखिमपूर्ण अवस्थामा हात धुनेको संख्यामा पनि बृद्धि भएको स्थानीय सुनिता पासवान बताउनुहुन्छ ।


गौरीगञ्ज गाउँपालिकाकै भाकुरमाडीमा रहेको ९० भन्दा बढी घरहरुले समेत बजारबाट एकैपटक बाल्टी खरिद गरेर घरघरमा हात धुने स्थानको निर्माण गरेका छन् । यसभन्दा अघि हात धुने स्थान बनाउने तर हात धुने कुरालाई त्यति महत्व नदिने मानिसहरु हात धने स्थान बनाएर खुसी भएको स्थानीय उत्तम ताजपूरीयाले बताउनुभयो । बिर्तामोड नगरपालिका वार्ड न ८ हर्चनामा रहेका ५७ घरधुरीमा समेत हात धुने स्थानको व्यवस्थापन भएको छ । पूर्ण सरसफाइ अभियान अगाडि कसैकोमा हात धुने स्थान नभएको तर लामो प्रयास र समुदायमा आएको परिवर्तनले यस टोलका सबै घरधुरीमा हात धुने स्थानको निर्माण भएको पूर्ण सरसफाइ सहजकर्ता अनिल गौतमले बताउनुभयो । हर्चना बासीहरु आफ्नो टोललाई पूर्ण सरफाइयुत्त नमुना टोल बनाउन मेहनत गरिरहेको सरसफाइ समितिका अध्यक्ष जितलाल राजवंशी बताउनुहुन्छ ।

यो कठिन समयमा पूर्ण सरसफाइ अभियानकर्मीले वडालाई पु¥याएको सहयोग प्रति खुसी व्यत्त गर्नुहुन्छ गौरीगञ्ज गाउँपालिका वडा नं २ का अध्यक्ष अघनु राजवंशी । पूर्ण सरसफाइ अभियानकर्मीहरुको मेहनतले नै हात धुने बानीमा यति छिट्टै परिवर्तन आउन सम्भव भएको राजवंशी बताउनुहुन्छ ।

सोम आचार्य
कार्यक्रम संयोजक
ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम/विराट सामुदायिक अध्ययन केन्द्र, झापा


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार