काठमाडौ : खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा भएपछि अहिले देशका सबै भुभागमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ । कतिपय गाउँपालिका तथा नगरपालिकाले वास प्लान बनाएर पूर्ण सरसफाइको लक्ष्य नै निर्धारण गरेर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक – फरक भूमिकाका मानिसहरुको बसोबास हुन्छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन हुने स्वच्छ र सफा क्षेत्र तथा पूर्ण सरसफाइ उन्मुख अभियानमा समाजमा रहेका हरेक व्यक्ति र संघसंस्थाको फरक- फरक भूमिका हुन्छ । सबैले आ – आफ्नो तर्फबाट निर्वाह गरेको भूमिकाको समष्टिगत प्राप्ति नै पूर्ण सरसफाइ उन्मुख क्षेत्र भएकाले पूर्ण सरसफाइ अभियानमा आ – आफ्नो भूमिका इमान्दारिता पूर्वक पूरा गर्नुपर्दछ ।
पूर्ण सरसफाइ मार्गदर्शनले व्यक्ति, परिवार, समाज, विद्यालय, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, स्वास्थ्य स्वयं सेविका, विद्यार्थी, पूजारी, धर्मगुरु लगायतको भूमिका किटान गरिएको छ ।
कसको भूमिका के ?
व्यक्ति
– चर्पीको समुचित प्रयोग, सरसफाइ, मर्मत सम्भार, व्यक्तिगत सरसफाइ गर्ने
– स्वस्थकर बानी व्यवहार अवलम्बन गर्ने
– घर आँगनको सरसफाइ गर्ने
– सरसफाइ प्रति सचेत नागरिकको रुपमा सार्वजनिक दायित्व निर्वाह गर्ने
घर परिवार
– चर्पीको निमार्ण, समुचित प्रयोग, सरसफाइ र मर्मत सम्भार गर्ने
– सरसफाइ सम्बन्धी सामाजिकीकरण गर्ने
– पानी र खानाको स्वच्छता कायम राख्ने
– घर आँगन र वरिपरिको सरसफाइ र बगैचा व्यवस्थापन गर्ने
– स्वच्छकर बानी व्यवहार विकासका लागि परिवारका सदस्य र छिमेकीलाई अभिप्रेरणा गर्ने
– घरधुरीबाट निस्किने फोहोरमैलाको वर्गीकरण र समुचित व्यवस्थापन गर्ने
– सफा र स्वच्छ घर प्रबर्धन गरी नमुनाको रुपमा प्रस्तुत हुने
विद्यालय, विश्व विद्यालय, महाविद्यालय तथा अनुसन्धान संस्थाहरु
– सरसफाइका विषयवस्तुलाई पाठ्यपुस्तकमा समावेश गर्ने
– पूर्ण सरसफाइ सम्बन्धी कार्ययोजना तर्जुमा तथा कार्यान्यवन गर्ने
– विद्यार्थी बाल क्लव गठन तथा सक्रियता गराउने
– बाल–मैत्री, लैगिंक–मैत्री चर्पी यूरिनल तथा खानेपानी सुविधा निर्माण, प्रयोग, सरसफाइ तथा मर्मत सम्भार गर्ने
– पानीको स्वच्छता कायम राख्ने
– वरिपरिको सरसफाइ कायम राख्ने
– स्वच्छकर बानी व्यवहार विकासका लागि विद्यार्थी र समुदायलाई अभिप्रेरणा गर्ने
– फोहोरमैलाको वर्गीकरण र समुचित व्यवस्थापन गर्ने
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग गर्ने
– समुदाय तथा अध्ययनकर्ताहरुका लागि सरसफाइ सिकाइ केन्द्रका रुपमा विकास हुने
– अनुसन्धान र विकासका क्रियाकलापहरु संचालन गर्ने
– सफा र स्वच्छ विद्यालय तथा कलेज प्रबर्धन गरी नमुनाको रुपमा प्रस्तुत हुने
गाउँ टोल
– पूर्ण सरसफाइ सम्बन्धी कार्ययोजना तर्जुमा तथा कार्यान्यवन गर्ने
– गाउँ टोल समूहको गठन तथा सक्रियता गराउने
– प्रयोगकर्ता–मैत्री सरसफाइ सुविधाको स्तरोन्नती र मर्मत सम्भार गर्ने
– खानेपानीको मुहान संरक्षण, पानीको शुद्धीकरण र स्वच्छता कायम राख्ने
– गाँउ टोल र वरिपरिको सरसफाइ कायम राख्ने
– सार्वजनिक शौचालयको निर्माण, व्यवस्थापन, सरसफाइ र मर्मत सम्भार गर्ने
– स्वच्छकर बानी ब्यवहार विकासका लागि घरधुरी र नागरिक समुदायलाई अभिप्रेरणा गर्ने
– फोहोरमैलाको वर्गीकरण र समुचित व्यवस्थापन गर्ने
– वृक्षारोपण, हरियाली पार्क, बगैचा, चौताराको निर्माण र संरक्षण गर्ने
– सफा र स्वच्छ गाँउ टोल विकास गरी नमुनाको रुपमा प्रस्तुत हुने
उपभोक्ता समिति (खानेपानी तथा सरसफाइ, बजार व्यवस्थापन समिति, वन व्यवस्थापन समिति)
– लक्षित समूह, संगठन समुदायलाई सगठित, सूसुचित र सक्रिय बनाउने
– नीति नियम, आचार संहिता तर्जुमा गर्ने र गराउने
– स्थानीय स्रोत साधन परिचालन गर्ने
– अवस्था विश्लेषण, तथ्याक संकलन गर्न सहयोग पुर्याउने
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग पुर्याउने
– अनुगमन र सहजीकरण गर्न सहयोग पुर्याउने
– सरोकारवालाहरु तथा समन्वय समितिसँग समन्वय गर्ने
– सुविधाहरुको मर्मत, सरसफाइ र व्यवस्थापनमा सहयोग पुर्याउने
पशुवधशाला संचालक
– उचित स्थानमा वधशाला निर्माण गर्ने
– वधशालाको सरसफाइ र त्यहाँबाट निस्केको फोहोर व्यवस्थापन गर्ने
– मासुको स्वच्छता कायम राख्ने
सरकारी, गै.स.स. र निजी कार्यालय लगायत सवैं
– प्रयोगकर्ता–मैत्री चर्पी, यूरिनल तथा खानेपानी सुविधा निर्माण, प्रयोग तथा मर्मत सम्भार गर्ने
– पानीको स्वच्छता कायम राख्ने
– वरिपरिको सरसफाइ कायम राख्ने
– स्वच्छकर बानी ब्यवहार विकासका लागि कर्मचारी र सेवाग्राहीलाई अभिप्रेरणा गर्ने
– फोहोरमैलाको वर्गीकरण र समुचित व्यवस्थापन गर्ने
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग पुर्याउने
– सफा र स्वच्छ कार्यालय प्रवद्र्धन गरी नमुनाको रुपमा प्रस्तुत हुने
महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कार्यकर्ता
– प्राविधिक ज्ञान, सीप र सचेतना विस्तार गर्ने
– सामुदायिक सशक्तिकरण र सक्रियतामा वृद्धि गर्ने
– अभिमुखीकरण र ट्रिगरिङ्ग गर्ने
– अवस्था विश्लेषण, तथ्याक संकलन गर्न सहयोग पुर्याउर्ने
– सचेतनामूलक कायक्रम संचालनमा सहजीकरण
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग गर्ने
– सफा र स्वच्छ आनीवानी प्रदर्शन गरी नमुनाका रुपमा प्रस्तुत हुनुपर्ने
– अनुगमन र सहजीकरण गर्न सहयोग पुर्याउने
शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघ
– जीवन उपयोगी ज्ञान, सीप, अभ्यास र सचेतना विस्तार गर्ने
– विद्यार्थी, विद्यालय परिवार र समुदायको सशक्तिकरण र सक्रियता वृद्धि गर्ने
– अभिमुखीकरण र तालिम सञ्चालन गर्ने
– अवस्था विश्लेषण, सचेतनामूलक कायक्रम संचालनमा सहजीकरण गर्ने
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग पुर्याउने
– अनुगमन र सहजीकरण गर्न सहयोग पुर्याउने
– सफा र स्वच्छ विद्यालय प्रबर्धन गरी नमुनाको रुपमा प्रस्तुत हुने
विद्यार्थी, बाल क्लव
– विद्यालय सेवा क्षेत्रभित्र सरसफाइ क्यालेन्डर बनाइ कार्यक्रम संचालन गर्ने
– सरसफाइका सुविधाहरु एवं कक्षा कोठा र वरिपरिको वातावरणीय सरसफाइ गर्ने
-तथ्याक संकलन, सचेतनामूलक कार्यक्रम संचालनमा सहभागी हुने
– अविभावकहरुलाई सरसफाइ प्रबर्धन गर्न अभिप्रेरित गर्ने
– अनुगमन र सहजीकरण गर्न सहयोग पुर्याउने
– सफा र स्वच्छ विद्यालय प्रबर्धन गरी नमुनाको रुपमा प्रस्तुत हुने
स्थानीय क्लव र समूह
– प्राविधिक ज्ञान, सीप र सचेतना विस्तार गर्ने
– सामुदायिक सशक्तिकरण र सक्रियता वृद्धि गर्न सहयोग पुर्याउने
– अभिमुखीकरण र ट्रिगरिङ्ग गर्न सहयोग पुर्याउने
– अवस्था विश्लेषण, तथ्याक संकलन गर्न सहयोग पुर्याउने
– सचेतनामूलक कायक्रम संचालनमा सहजीकरण गर्न सहयोग पुर्याउने
– विपद्को समयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतना र सामग्री वितरणमा सहयोग पुर्याउने
– अनुगमन र सहजीकरण गर्न सहयोग पुर्याउने
वित्तीय संस्था तथा सहकारी
– सरसफाइ सामग्री उत्पादन तथा बजारीकरणमा सहयोग र लगानी गर्ने
– सहुलियत व्याँज दरमा ऋण प्रदान गर्ने
– सामग्रीहरुको बजारीकरण र वितरण गर्ने
संचारकर्मी तथा नागरिक समाज
– सन्देशमूलक सामग्रीहरुको प्रचारप्रसार गर्ने
– अध्ययन, अवलोकन र सफल कथाहरुको प्रचारप्रसार गर्ने
-अनुगमन र पैरवी गर्ने
निजी क्षेत्रका व्यवसायी र मठ मन्दिर संचालक आदि
-सरसफाइ सामग्री उत्पादन तथा बजारीकरणमा सहयोग र लगानी गर्ने
– फोहोरमैलाको वर्गीकरण र व्यवस्थापन गर्ने
– कार्यस्थल र सेवाको सरसफाइ र स्वच्छता कायम गर्ने
– सरसफाइ तथा स्वच्छता अभियानमा कर्मचारी, संगठन र निकायहरुलाई परिचालन गर्ने