काठमाडौ : तपाई हाम्रै घरभित्र विभिन्न बिषाक्त रसायनहरु छन् र तिनले गर्दा तपाई हामी बिरामी भईरहेका हुन्छौं भन्दा नपत्याउनु होला । तर भुल्न नहुने पक्ष के हो भने, तपाई हाम्रो घरलाई चम्किलो तथा आकर्षक बनाईने कुराले बिषाक्त रसायनहरु पनि भित्र्याईरहेका छौं । निर्माण सामग्रीहरू, पेन्ट, फर्निचर, सरसफाइका सामग्रीहरू र घरमा प्रयोग गरिने अन्य चिजहरूमा हानिकारक रसायनहरू मिसिएका हुन्छन् । एस्वेस्टोस र लिड (सिसा) पेन्ट केही देशहरुमा प्रतिबन्धित गरिए पनि अन्य विषाक्त रसायनहरू अझै प्रयोगमा नै छन् ।
सिसा (लिड) ले स्वास्थ्यमा पर्ने असर
लिड एउटा विषाक्त गह्रौं धातु हो जुन साधारण उत्पादनहरू जस्तैः पेन्ट, पानीका पाइपहरू, केही सेरामिकका चम्काइएका भाँडाहरू, थालहरू र भूईंका टाइलहरू, टिनका बट्टाहरू पेट्रोल इन्जिनबाट निस्कने धुवाँमा पाइन्छ । लिडको थोरै मात्राले गम्भीर स्वास्थ्य समस्याहरू गराउँदछ । तर प्रायः लिडको विष थोरै लिडसँगको बारम्बारको सम्पर्कले थुप्रिदैं गएर हुन्छ ।
लिडको विषका स्पष्ट कुनै लक्षणहरू नहुन पनि सक्दछन् तर समय वित्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्याहरू गर्न सक्दछ । लिडको विष ठूला भन्दा बालबालिकाहरूलाई बढी हानिकारक छ किनकि यसले बालबालिकाहरूको विकासशील स्नायुहरू र दिमागलाई असर पुर्याउँछ । बच्चा जति किशोर छ त्यत्ति नै बढी लिड हानिकारक हुन सक्छ । समयसँगै थारै मात्राको लिडसँगको सम्पर्कले समेत बच्चाको मानिसक विकासलाई हानी पुर्याउन सक्दछ । विषाक्तताले कसरी बच्चाहरूलाई असर गर्छ ।
अन्य विष जस्तैः शरीरभित्र लिड खाँदा, पिउँदा वा छालाबाट सोसिएर प्रवेश गर्दछ । लिडले मृगौला, रगत, स्नायुहरू र पाचन प्रणालीलाई नोक्सानी पुर्याउँदछ । रगतमा धेरै मात्राको लिडले बान्ता हुने, बोली लरबराउने मांसपेशीको कमजोरी , दिमागलाई असर पुर्याउने छारे रोग वा गहिरो र लामो समयावधिको बेहोसी अवस्था जस्ता समस्याहरू ल्याउन सक्छ । रगतमा लिडको मात्रा बढ्दा स्वास्थ्य समस्याहरू बढ्न सक्छन् ।
लक्षणहरू
यदि तपाईलाई कसैलाई लिडको विष भएको जस्तो लाग्छ भने उसको रगत स्वास्थ्य केन्द्र वा क्लिनिकमा जचाउँनुहोस् । लिडको विषको लक्षणहरूमा मानिसमा देखुन्जेलसम्म मानिसको रगतमा पहिले नै धेरै लिड भैसकेको हुन्छ । त्यसकारण लिड विषाक्तता हुनुभन्दा पहिले नै यसको रोकथाम गर्नु जरुरी छ ।
♦ हरेक समय रिसाउनु
♦ निन्द्रा नलाग्नु
♦ भोक कम लाग्नु र शक्ति क्षिण
♦ टाउको दुख्ने
♦ किशोर बालबालिकाहरूले पहिले भएको दक्षता गुमाउन
♦ रक्तअल्पता
♦ कब्जियत
♦ पेटमा दुख्ने र मांशपेसी कस्सिएर हुने आकस्मिक पीडा
रोकथाम
♥ लिडसँगको सम्पर्कको रोकथाम नै यसको उत्तम उपचार हो ।
♥ स्थानीय स्वास्थ्यकर्मीहरूले पानीमा लिड परीक्षण गर्दछन् भने त्यो पत्ता लगाउनु होस् । यदि तपाईको पानीमा लिडको मात्रा बढी छ भने पिउन र खाना पकाउन फरक पानीको स्रोतको प्रयोग गर्नुहोस् ।
♥ पानी पिउन वा त्यसबाट पकाउनु अघि धाराको पानीलाई एक मिनेटसम्म बग्न दिनुहोस् ।
♥ खाना वा पकाउन लिडको चम्काइएका भाँडाकुँडाहरूको प्रयोग नगर्नुहोस् ।
♥ क्यानहरूमा भएका खानाहरू प्रयोग नगर्नुहोस् । किनकि त्यो लिडले बन्द गरिएको हुन सक्छ ।
♥ पेन्टसमा लिड भए नभएको तपाईलाई थाहा छैन भने पुराना पेन्ट गरिएका खेलौनाहरूलाई फ्याक्नुहोस् ।
♥ तरल पदार्थहरूलाई हरूमा भण्डारण नगर्नुहोस् किनकि लिड तरल पदार्थमा मिसिन सक्छ ।
♥ लिड भएको माटो, जमीनमा घरहरू बनाउने वा ईनारहरू खन्ने, अन्न उत्पादन गर्ने कामहरू गर्नुहुन्न । यदि तपाईले माटोमा जमीनमाथि वा गाडिएको अवस्थामा ब्याट्रीहरू, पेन्टका तहहरू , तेलका ड्रमहरू र अन्य औद्योगिक फोहरमैलाहरू पाएमा यो माटो दूषित भएको संकेत हो ।
♥ विषेश गरी यदि तपाई काम गर्दै आउनु भएको छ वा बच्चाहरू घरबाहिर खेल्दै आईरहेका छन् भने खानु अघि हातहरू राम्ररी साबुन पानीले धुनुहोस्
पेन्टको लिडबाट लाग्ने विषको रोकथाम
जब पेन्ट पुरानो हुन्छ वा राम्रोसँग प्रयोग गरिंदैन, यो फुटेर जान्छ र अझै भित्ता, रेलिङ र फर्निचरहरूबाट तहतह वा कणहरू निस्कन्छन् । यी कणहरू सजिलै श्वासप्रश्वासबाट शरीरभित्र छिर्छन् वा साना बालबालिकाहरूले निल्छन् । यदि पेन्टमा लिड छ भने यो धेरै नै खतरनाक हुन्छ । पुरानो पेन्टबाट हुने लिड विषको राकथामको सर्वोत्तम उपाय भनेको यसलाई सतहहरूबाट हटाउनु र लिड रहित पेन्टबाट पुनः पेन्ट गर्नु हो । पुरानो पेन्टलाई हटाउँदाका बखतः
♠ सँधै ग्लोभ, मास्क र सुरक्षा चश्मा लगाउनुहोस् ।
♠ बच्चाहरूलाई काम गर्ने क्षेत्रहरू वा दूषित हुन सक्ने क्षेत्रहरूमा खेल्नबाट टाढै राख्नुहोस् ।
♠ पेन्टका सबै धूलोका कणहरूलाई हावामा जान नदिन सफा र सम्म पारेर सतहहरूलाई चिसो पार्नुहोस् (पानीले भिजाउनुहोस्)
♠ काम सकेको प्रत्येक समयपछि सावधानीपूर्वक सबै पेन्टको धूलोलाई सफा गर्नुहोस् । भिजेको कपडा प्रयोग गर्नुहोस् तर कुँच्चोको प्रयोग भन्ने गर्नुहुन्न ।
♠ पेन्टका बोक्रा र धूलोलाई टिनको क्यान वा अन्य बलियो कन्टेनरमा जम्मा गर्नुहोस्, प्लाष्टिकको झोलामा बन्द गर्नुहोस् र सुरक्षित गाँड्ने खाल्डो मा गाड्नुहोस ।