फोहोर व्यवस्थापन गर्दाको बखत हुने हानीबाट कसरी बच्ने ?

♦ सुरक्षित गर्ने वा एप्रोन लगाएर धारिलो सुई, अन्य धारिलो औजारहरू, जीवाणु वा रगतको छिटा, अन्य तरल पदार्थ वा रसायनहरूबाट हुने संक्रमणबाट बँच्न सकिन्छ ।

♦ यी धारिलो वस्तुहरूको प्रयोग पश्चात तुरुन्त धारिलो राख्ने बाकसमा राखिहाल्नु पर्दछ । धारिलो वस्तुलाई कहिल्यै पनि अन्य फोहरसँग मिसाएर राखिनु हुँदैन ।

♦ फोहर चलाएपछि लगतै हातखुट्टा धुनुहोस् र हरेक बिरामीसँगको सम्पर्कमा आउनु अगाडि पछाडि हात खुट्टा धुनुहोस् ।

♦ नाङ्गो सुई कहिल्यै पनि नखोल्नुहोस् ।

♦ छालाको समपर्कमा फोहरलाई आउनबाट रोक्नुहोस् । लगाएको सुरक्षित एप्रोन वा लुगा हानिकारक फोहरको समपर्कमा आई भिजेको छ भने तुरुन्तै फेर्नुहोस् र आफूलाई अत्यधिक सावुन पानीले नुहाउनुहोस् ।

♦ सुरक्षित एप्रोन एवं लुगाले मानिसललाई बचाउन आफैं सफा हुनु पर्दछ । हरेक प्रयोग पश्चात एवं पालो पश्चात् यसलाई धुने वा निसंक्रमण गर्ने गर्नुपर्दछ । जस्तैः ग्लोब, एप्रोन, सिसाहरू र मास्क आदि । यसो गर्नाले अन्य अर्को प्रयोगकर्तालाई यसले बचाउँदछ ।

♦ यदि तपाईको स्वास्थ्य केन्द्रमा सुरक्षित पहिरनहरू छैन भने अन्य उपलब्ध सामग्रीहरू नै उपभोग गर्नुहोस् । उदाहरणको लागि फोहर संकलन गर्नेले प्लाष्टिक व्यागलाई नै एप्रोनको रूपमा प्रयोग गर्न सकिन्छ । पेन्ट, मास्क र टोपीको प्रयोग गर्नु पर्दछ । बिल्कुलै सुरक्षित लुगा नलाउनुको सट्टा भएको केही लगाउनु राम्रो हुन्छ ।

फोहरको मात्रा घटाउने

कमभन्दा कम हानिकारक वस्तुको प्रयोग गरिएमा हानिकारक फोहरको मात्रा घटाउन सकिन्छ । तसर्थ हाम्रो स्वास्थ्य संस्थाको लागि सामान खरिद गर्दा कस्ता किसिमका फोहर उत्पादन गर्दछ भन्ने कुरा विचार गर्नुपर्दछ । कति हानिकारक हुने कुराको विचार गर्नुपर्दछ । कसरी फोहर विसर्जन गर्ने कुराबारेमा पनि सोच्नु पर्दछ ।

हानिकारक फोहरको मात्रा घटाउन

♦ सकेसम्म सुरक्षित तवरले पुनः प्रयोग गर्न सक्ने वस्तुहरू उपलब्ध भएको खण्डमा एक पटक प्रयोग गरी फाल्नु पर्ने वस्तुहरूको प्रयोग बन्द गर्नु पर्दछ । उदाहरणको लागि सिरिञ्ज र सूईलाई कदापी पुनः प्रयोग गर्नु हुन्न ।

♦ मर्करीमुक्त थर्मोमिटर उपलब्ध भएसम्म प्रयोग गर्नुपर्दछ । जुनचाहिँ केही महङ्गो भए पनि धेरै दिनसम्म चल्ने र फुटेपछि कमी त्यत्ति हानिकारक हुन्छ ।

♦ चाहिने भन्दा बढी औषधि नकिन्नुहोस् र चाहिएको बेलामा मात्र प्रयोग गर्नुपर्दछ ।

♦ सकेसम्म सुईको सट्टामा चक्की औषधि प्रयोग गर्नुहोस् ।

♦ सकेसम्म गैरप्लाष्टिक वस्तुहरूको उपयोग गर्नुपर्दछ ।

♦ कम विषाक्त वस्तुहरूको उपयोग गर्ने र सम्भव भएसम्म निसंक्रमित गर्नु पर्दछ ।

♦ इन्जेक्सन माइल, ट्यूब र अन्य पदार्थहरू पी।भी।सी। बाट नबनेको प्रयोग नगर्ने । यिनीहरू सस्तोमा पाइने गर्दछन् र बिरामीको लागि र समुदायको लागि चाहिँ सुरक्षित हुने गर्दछ ।

फोहरलाई छुट्याउने

स्वास्थ्यजन्य फोहरमैलाई उत्सर्जन भएकै ठाउँमा छुट्याउने गर्नु फोहर व्यवस्थापनको अर्को महत्वपूर्ण अंग हो । फोहरलाई स्रोतमा नै छुट्याउनाले स्वास्थ्य केन्द्रका मानिस र अन्य जसले फोहर संकलन गर्दछ वा पुनः प्रशोधन गर्नेलाई हुन सक्ने हानिबाट बचाउन सकिन्छ । फोहरलाई स्रोतमा नै छुट्याउनाले प्रशोधन गर्नुपर्ने वा गाड्नुपर्ने फोहरको मात्रा घट्दछ जसले गर्दा फोहर व्यवस्थापनमा लाग्ने खर्च घटाउन सक्दछ ।

फोहरलाई छुट्टाछुट्टै रंगको भाँडोमा छुट्ट्याउने

धेरैजसो स्वास्थ्य केन्द्रहरूले फोहर उत्सर्जन गरेको ठाउँमै विभिन्न रंगको भाँडोमा फोहर छुट्याएर राख्ने गर्दछ । यो पद्धतिलाई राम्ररी काम गर्न हरेकले कुन रंगको भाँडोमा कस्तो फोहर राख्नु पर्दछ भनि जान्नु पर्ने हुन्छ । विभिन्न रंगको भाँडोमा विभिन्न फोहर राख्ने कुरा हरेक देशमा फरक फरक हुन्छ । उदाहरणको लागि केही देशमा रातो रंगको भाँडो खतरानाक फोहर भनि धारिलो वस्तुहरू, सूई र अन्य खतरनाक वा विषाक्त आदिलाई रातो रंगको भाँडोमा राख्ने गरिन्छ ।

आधाभन्दा बढी स्वास्थ्यजन्य फोहर साधारण फोहर जस्तै हो । कागज, कार्डबोर्ड, बोतल, टिनको बट्टा र जब यस्ता फोहरहरूलाई छुट्टाछुट्टै राखिन्छ यसले खतरनाक फोहरलाई व्यवस्थापन गर्न धेरै सजिलो गरिदिन्छ ।

फोहर छुट्टाछुट्टै राख्ने भाँडो निम्न प्रकारको हुनु जरुरी छ ।

♥ फोहर उत्सर्जन हुने ठाउँको नजिकै राख्नु पर्छ ।

♥ भाडाहरू छुट्टाछुट्टै रंगका स्पष्ट तरीकाले लेखिएको हुनुपर्दछ ।

♥ बलियो, फुट्ने वा चुहिने खालको हुनुहुँदैन ।

♥ सजिलै बन्द र ओसार पसार गर्न सक्ने खालको हुनुपर्दछ जसले गर्दा नपोखाइकन एक ठाउँबाट अर्को ठाउँमा लान सकिन्छ ।

♥ तीन चौंथाइसम्म भरेर दिनभरिको फोहर अट्न सक्ने आकारको ।

सबै ठाउँमा एकै किसिमको फोहरको लागि प्रयोग गरिने भाँडो वा प्लाष्टिकको व्यागको आकार प्रकार एवं रंग एउटै हुँदा राम्रो हुन्छ । यसो नभएको खण्डमा रंगीन टेप वा पेन्टस्को सहायताले सघाउनुपर्दछ । यसरी एकै प्रकारको भाँडा प्रयोग गर्नाले फोहरमा काम गर्ने कामदारले नझुक्किइकन कुन भाँडोमा साधारण फोहर राख्ने र कुन भाँडामो खतरनाक फोहर राख्ने भन्ने कुरामा सहयोग पुग्दछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार