पुनः प्रशोधनले फोहोरलाई स्रोतमा परिणत गर्दछ


काठमाडौ : पुनः प्रशोधनमा, प्रयोगमा नआउने वस्तुहरूलाई प्रयोग गर्न मिल्ने वस्तुहरूमा परिणत गरिन्छ । केही वस्तुहरू जस्तैः फलाम र रबरलाई कारखानामा पुनः प्रशोधन गरिनुपर्छ । अरु पदार्थ जस्तैः कागज र सिसालाई पुनः प्रशोधन गर्न कम उपकरण र ठाउँ चाहिने हुनाले यसलाई सानो कारखाना वा मानिसहरूको घरमा पनि गर्न सकिन्छ । पुनः प्रशोधन फोहर कम गर्ने एउटा महत्वपूर्ण तरीका हो । तर पुनः प्रशोधन मा सरकार र उद्योगको सहयोग साथसाथै समुदाय र मानिसहरूको प्रतिबद्धता चाहिन्छ । यदि पुनः प्रशोधन गरिएको सामानको लागि बजार नभएमा वा सुरक्षित तरीकाले पुनः प्रशोधन नगरिएमा, यो कुनै पनि हालतमा समाधान होइन ।

पुनः प्रशोधनले फोहरबाट नयाँ सामान उत्पादन गरेर यसलाई घटाउँछ र साथै बनाउनको लागि प्रयोग हुने ऊर्जा पनि बचाउँछ । उदाहरणको लागि नयाँ कागज बनाउँनु भन्दा पुनः प्रशोधन गर्दा २/३ ऊर्जा कम लाग्छ । त्यस्तै कच्चा धातुबाट स्टिल बनाउँदा भन्दा फलामका टुक्राबाट स्टिल बनाउँदा कम ऊर्जा लाग्छ । कच्चा बक्साइट धातुबाट अल्मुनियम बनाउँनु भन्दा टुक्राहरूबाट बनाउँदा कम ऊर्जा चाहिन्छ

पुनः प्रशोधनलेः

♦ वातावरणलाई प्रदूषित बनाउने फोहरको मात्रा घटाउँछ ।

♦ व्यवस्थापन गर्नुपर्ने फोहरको मात्रा घटाइ पैसा र ठाउँ जोगाउँछ ।

♦ एउटै स्रोतलाई एकचोटीभन्दा बढी प्रयोग गर्नाले स्रोतको प्रयोगमा कमी आउँछ ।

♦ थोरै कच्चा पदार्थ भित्र्याउनु पर्ने हुनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई मद्दत गर्छ ।

♦ रोजगारी प्रदान गर्छ ।

कस्तो वस्तु पुनः प्रशोधन गर्न सकिन्छ ? 

♥ पुनःप्रशोधन गर्न सक्ने वस्तुहरू स्थानीय पुनः प्रशोधन गर्ने कारखानामा भर पर्छ ।

♥ बालुवा , सोडा, खरानी र चुनबाट सिसा बनाइन्छ । सिसाको व्यवस्थापनपछि पनि यो आफ्नो स्रोत पदार्थमा भने टुक्रिदैंन । सिसालाई पुनः प्रशोधन गर्दा रङ्गको आधारमा छुट्याइन्छ र तताएर झोल बनाइन्छ र नयाँ भाँडाको आकार दिइन्छ । केही सिसाहरूलाई घर र सडकमा प्रयोग हुने वस्तुको रूपमा पनि पुनः प्रशोधन गरिन्छ ।

♥ अल्मुनियम जमिनबाट निकालिएको बक्साइट नामको खनिजबाट बनाइन्छ । यो पनि सिसा जस्तै आफ्नो पुरानै स्रोतमा टुक्रिदैंन । अल्मुनियमलाई पगालेर क्यान वा अरु आकार दिएर पुनः प्रशोधन गरिन्छ ।

♥ स्टिलमा टिन लगाइएका क्यान जस्तैः सुप र फलफूलका क्यानलाई टिन र स्टिल छुट्याएर पुनः प्रशोधन गरिन्छ । स्टिल र टिनलाई सफा गरिन्छ र अझै क्यानहरू र अरु चिजहरू बनाउन बेचिन्छ ।

♥ रबर रुखबाट आउने प्राकृतिक चोप र पेट्रोलियमबाट बनाइन्छ । रबरलाई सानो सानो टुक्रा पारी वा पगालेर नयाँ वस्तु बनाई पुनःप्रशोधन गरिन्छ ।

♥ कागज , काठ, कपास र अरु बलियो रेसा विरुवाबाट बनाइन्छ । पुनः प्रशोधन गरेर त्यहि वस्तुमा परिणत गर्न मिल्ने केही वस्तु मध्ये कागज पनि एक हो । व्यावसायिक कागज धेरै जस्तो कारखानामा पुनः प्रशोधन गरिन्छ । कागजलाई हातले नै पुनः प्रशोधन गरेर घरको लागि र बेच्नको लागि सुन्दर वस्तुहरू बनाउन सकिन्छ ।

♥ विषाक्त पदार्थ भएका वस्तुहरू जस्तैः कम्प्युटर, ब्याट्री , विद्युतीय उपकरणहरू , रङ्ग, घोलक विषादी र यसलाई राख्ने भाँडाहरूलाई ध्यान दिएर व्यवस्थापन गर्नुपर्ने हुनाले पुनः प्रशोधन गर्ने कामदारहरूले यस्तो रसायनहरूको सम्पर्कमा आउँदैनन्। यिनीहरूमध्ये केही पुनः प्रशोधन गर्न मिल्दैन त्यसैले पहिला नै यसको थोरैमात्र उत्पादन गर्नुपर्छ ।

♥ प्लाष्टिक पुनः प्रशोधन गर्दाको समस्या प्लाष्टिक पुनः प्रशोधन गर्दा यसको गुण घट्छ । एउटा प्लाष्टिकको बोतललाई पुनः प्रशोधन गरेर फेरी बोतल नै बनाइदैन तर त्यसलाई त्यो भन्दा कम गुण भएको अरु नै सामान बनाइन्छ । यसको कारणले प्लाष्टिकलाई काम नलाग्ने हुनुभन्दा पहिला केही पटक मात्र पुनः प्रशोधन गरिन्छ । कुनै प्लाष्टिक पुनः प्रशोधन गर्दा विषाक्त धुवाँ निस्कने गर्छ जुन कामदार र समुदायको लागि हानिकारक हुन्छ। धेरैजस्तो पुनः प्रशोधन गर्ने उद्देश्य रहेको प्लाष्टिक पनि फोहर राख्ने ठाउँमा लगेर फ्यालिन्छ । त्यसैले सकभर थोरै प्लाष्टिकको प्रयोग गर्नु नै राम्रो हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार