काठमाडौको फोहोर व्यवस्थापन : ४ महिनामा ७० दिन बन्द

काठमाडौं : काठमाडौको फोहोर व्यवस्थापनको काममा चार महिनामा ७० दिन अवरोध भएको छ । केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटना बाहेक स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाख यता ७० दिन फोहोर विसर्जन बन्द भएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।

वातावरण विभाग प्रमुख राईका अनुसार वैशाखमा १० देखि २५ गतेसम्म, जेठमा १० देखि २६ गतेसम्म, असारमा ४ देखि १५ गतेसम्म र साउन महिनामा १७ गतेदेखि १४ दिनसम्म फोहोर व्यवस्थापनको काम पूर्ण रूपमा अवरोध भएको हो । त्यस बाहेक असारमा लगातार वर्षाको कारण दुई साता जति फोहोर विसर्जन हुन नसकेको विभागको भनाइ छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेदेखि नै पटक पटक स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरेका हुन् ।

स्थानीयको माग र संघर्ष समितिको लामो समय सम्मको संघर्षको कारण ७० दिन फोहोर व्यवस्थापन बन्द हुँदा काठमाडौ उपत्यकाको चोक चोक र भित्री गल्लीमा हिडिनसक्नु भएको छ । कहिले बाख्रा किचेर त कहिले बाटोमा धुलो उडेर, कहिले वर्षात्को पानीले घर जलमग्न भएको भन्दै ७० दिन फोहोर विसर्जनमा अवरोध खडा भएको काठमाडौ महानगरपालिका वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताउनुभयो ।

उहाँका अनुसार त्यस बाहेक पनि स्थानीयको विभिन्न माग र शहरी विकास तथा भवन निर्माण विभागले बाटो निर्माण गर्दा १० दिन जति अवरोध भयो । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरू गरेदेखि नै पटक पटक स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरेका हुन् ।

स्थानीयको माग र संघर्ष समितिको लामो समय सम्मको संघर्षको कारण ७० दिन फोहोर व्यवस्थापन बन्द हुँदा काठमाडौ उपत्यकाको चोक चोक र भित्री गल्लीमा हिडिनसक्नु भएको छ । कहिले बाख्रा किचेर त कहिले बाटोमा धुलो उडेर, कहिले वर्षात्को पानीले घर जलमग्न भएको भन्दै ७० दिन फोहोर विसर्जनमा अवरोध खडा भएको काठमाडौ महानगरपालिका वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताउनुभयो ।

हिजो मंगलबार पनि स्थानीयले ढुंगामुढा गर्दै गुलेली प्रहार गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरी प्रशासनको सहयोगमा मंगलबार १८६ फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस् र फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् भन्ने कुरामा प्रतिबद्ध रहेको र उक्त प्रतिबद्धतामा इमान्दार, सचेत र संवेदनशील रहेको महानगर प्रमुख शाहले स्मरण गराउनुभएको छ ।

कामपाले दैनिक करिब ३ सय ट्रक फोहोर खसाल्ने गरेको थियो । चार महिनाको अवधिमा केही दिन बाहेक दैनिक करिब १ सय ५० ट्रक फोहोर मात्र विसर्जन गर्न सकिएको कामपा ल्याण्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले बताउनुभयो ।राजधानी लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसक्दा अधिकांश स्थानीय तह पूर्ण रुपमा दुर्गन्धित भएको छ । काठमाडौं महानगरपालिकाको सबै सडकमा फोहोरको डंगुर थुप्रिएको छ । ललितपुरले भित्री शहरको सुन्दरीघाट नजिक मल पोखरी क्षेत्रमा फ्याँकिरहेको छ ।

कामपा प्रवक्ता नवीन मानन्धरले स्थानीयको अवरोधको कारण फोहोर व्यवस्थापन जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयको माग पूरा गर्न तयार छौं भन्दा पनि आन्दोलन नरोकिनु विडम्बना भएको बताउनुभयो ।

महानगरले अर्बौ रुपियाँ खर्च गरिसक्दा पनि फोहोर फ्याक्न अवरोध नरोकिएकोमा मेयर बालेन्द्र साहले सरकार र दलको आलोचना गर्नुभएको छ । निर्वाचित भए लगत्तै सिसडोल र बन्चरेडाडा ल्यान्डफिल साइट पुगेर स्थानीयसँग व्यवस्थित रूपमा फोहोर खसाल्ने प्रतिबद्धता जनाएका मेयर साहले प्रतिबद्धता अनुसार काम नभएको भन्दै स्थानीयले अवरोध जनाएका हुन् ।

स्थानीयको धारणा बुझ्न मंगलबार ल्यान्डफिल साइट पुग्ने तयारी गरेको मेयर साह र प्रवक्ता मानन्धर तीन पिप्लेबाटै फर्किएका थिए । मेयर साहले विभिन्न तहबाट कुराकानी गर्दा समेत फोहोर फ्याँक्न सकिएको छैन । यसैबीच स्थानीयले व्यवस्थित रूपमा फोहोर फ्याक्ने प्रतिबद्धता जनाएर स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन गरेपछि मात्रै फोहोर खसाल्न दिने अडान राखेका छन् ।

स्थानीयले भने श्रीराम ढुगानाको संयोजकत्वमा आइतबार भएको सम्झौता धोका भएको भन्दै अति प्रभावित जनताको भावनाअनुसार माग सम्बोधन नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने जनाएका छन् । ढुंगाना संयोजक रहेको स्थानीयले आजबाट हुने संघर्षको सबै कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । सो समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी शहरी विकास तथा भवन निर्माण विभाग र कन्सल्टेन्टसँग सम्झौता गरेको थियो ।

सरकारले फोहोरमैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यमा हड्ताल गर्न नहुने उल्लेख गर्दै त्यस्ता सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । अत्यावश्यक सेवामा हड्ताल गरे सरकारले तत्काल हड्ताल गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न सक्छ तर गृह मन्त्रालयले सो विषयमा खासै पहल गरेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार