काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशक एवं सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव कमलराज श्रेष्ठको पुनः सरुवा भएको छ। एक महिना अघि सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव श्रेष्ठको पुनः सरुवा गरिएको हो । गत भदौ २७ गते विहीबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो।
विदेश भ्रमणमा रहेका बेला मन्त्री स्तरीय निर्णयबाट गत साउन ७ गते विभागको महानिर्देशक हेरफेर गरेपछि तत्कालीन महानिर्देशक श्रेष्ठलाई जिम्मेवारी तोकेको थिएन ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत ४० जना सहसचिवहरूको सरुवा गर्दा श्रेष्ठलाई खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको हो। सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा भने सहसचिव सुरत बमलाई सरुवा गरेर पठाएको छ ।
यस्तै कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव नवीन चन्द्र अधिकारीको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव इन्द्र देव भट्टको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेश सचिवमा काम सरुवा गरिएको छ ।
यस्तै कोशी प्रदेशको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयका सहसचिव प्रदिप बान्तवालाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि मन्त्री परिवर्तन हुनासाथ स्वार्थ समूहले उच्च तहका कर्मचारीलाई अस्वभाविक रुपमा सरुवा गर्ने र अनावश्यक दुःख दिने काम भैरहेको छ।
हेर्नुस्, सरुवा भएका सहसचिवहरुको सूची :
सहसचिव सरुवा विवरण 2081-07-02_watermark