मधेशको खानेपानी समस्या समाधानको लागि काम भइरहेको छ : खानेपानीमन्त्री

  वास खबर सम्बाददाता  124 पटक हेरिएको

वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।

चुरे दोहनका कारण मधेशमा खानेपानीको समस्या देखापरेको विज्ञले बताएकाले उक्त समस्यालाई अल्पकालीन तथा दीर्घकालीन रुपमा समाधान गर्नका लागि योजना बनाएर खानेपानी मन्त्रालय अगाडि बढेको बताउनु भएको हो। शनिबार  वीरगञ्जको रेडियो सीमाञ्चलको उद्घाटन कार्यक्रममा मन्त्री यादवले  मधेशमा देखिएको खानेपानीको दीर्घकालीन समाधानका लागि बनाउदै गरेको सुनकोशी डाईभर्सनलाई सिँचाइसँगै सुनकोशीको पानी पिउन योग्य बनाई मधेश ६ जिल्लामा खानेपानी वितरण गर्न सकिने बताउनुभयो।

मकवानपुरमा रहेको ठूलो मुहानको पानी मधेशका जिल्लामा ल्याउनका लागि अध्ययन भइरहेको मन्त्री यादवले बताउनुभयो। मन्त्री यादवले हरेक समयमा समाजको लागि सञ्चारक्षेत्रको अहम भूमिका रहेको र त्यसमा पनि सामुदायिक रेडियोले तल्लो वर्गका आवाजलाई उठाउने, नागरिकमा सूचना सम्प्रेषण गरेर सुसूचित गराउनुका साथै नागरिकको कुरा सरकार सम्म पुर्‍याउने र सरकारको गतिविधि पनि नागरिकसम्म पुर्‍याउने काम गरिरहेको बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार