काठमाडौं : सरकारले काठमाडौ उपत्यकाको खानेपानी आपूर्ति सुधार गर्न १७० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । यही मङ्सिर २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान लिने निर्णय गरेको हो ।
यस्तै खानेपानीकै लागि Japan Fund for Properous and Resilient Asia and the Pacific बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि पनि ऋण लिने निर्णय भएको जानकारी गराउनुभयो । सरकारले एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
बैठकका अन्य निर्णयहरु :