धुलिखेल : धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सञ्चालक समिति सदस्य आत्मराम पाेखरेललाई पक्राउ गरिएको छ ।
धुलिखेल क्षेत्रको सडक विस्तारका क्रममा निस्किएका खानेपानीका पाईपहरु समितिलाई जानकारी नै नगराई कवाडीमा विक्री गरेको अभियोगमा पाेख्रेललाई पक्राउ गरिएको हो। समितिका अध्यक्ष कृष्णभुषण खोंजुले समितिका संचालक सदस्य पाेखरेल सहित कर्मचारी र कवाडी ब्यवसायी विरुद्ध जाहेरी दिएपछि पोख्रेललाई पक्राउ गरिएको हो।
करिव ३ सय किलो पाईपको १६ हजार रुपैयाँमा विक्री गरेको पोखरेलले प्रहरीलाई प्रारम्भिक बयान दिएका छ्न।
धुलिखेल नगरपालिका वडा नम्वर ३ निवासी पोखरेलले करिव ३ सय केजी भन्दा धेरै पाईपहरु कवाडीमा विक्री गरी खानेपानी उपभोक्ता समितिलाई हानी नोक्सानी पुर्याएको अध्यक्ष कृष्णभूषण खोंजुले बताउनुभयो।