खानेपानी गुणस्तर परिक्षण सम्बन्धी क्षमता अभिवृद्धि गर्न तालिम

  जीवन सेजुवाल  288 पटक हेरिएको


जाजरकोट : रुकुम पश्चिम र जाजरकोट जिल्लाका १० वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख तथा खानेपानी सरसफाइ तथा स्वच्छता संयोजकहरुलाई खानेपानी गुणस्तर परिक्षण सम्बन्धी तालिम दिईएको छ । युनिसेफको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठनको सहजीकरण र छाँ-या नेपालको आयोजनामा एकिकृत पुनर्लाभ कार्ययोजना अन्तरर्गत जाजरकोटको खलङ्गामा खानेपानी गुणस्तर परिक्षणका लागि क्षमता अभिबृद्धि तालिम दिईएको हो ।

स्थानीय स्तरमै खानेपानीको गुणस्तर परिक्षणका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तहमै खानेपानीको गुणस्तर परिक्षणका लागि क्षमता अभिबृद्धि तालिम दिईएको छा—याँ नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता प्रबन्धक सुरेन्द्र कुमार शाहीले जानकारी दिनुभयो ।


तीन दिने तालिममा जाजरकोटको कुशे गाउँपलिका, जुनीचाँदे बारेकोट गाउँपालिका भेरी र नलगाड नगरपालिका, पश्चिम रुकुमका मुसीकोट, चौरजहारी, आठबीसकोट नगरपालिका त्रिवेणी र सानी भेरी गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र खानेपानी सरसफाइ तथा स्वच्छता संयोजकहरुका साथै दुबै जिल्लाका खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्राबिधिक र खानेपानी उपभोक्ता संस्था लगायत एकीकृत पुनर्लाभ कार्ययोजना सञ्चालन गर्दै आएका साझेदार संस्थाका प्रतिनिधीहरु सहभागी थिए ।


खानेपानीको गुणस्तर परिक्षणका लागि सञ्चालन भएको तालिम धेरै प्रभावकारी भएको तालिमका सहभागीहरुले बताएका छन् । तालिमबाट सिकेका सीप तथा ज्ञानले आफनो क्षेत्रमा लागु गर्न ठूलो सहयोग मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डेविड रावलले बताउनुभयो ।

यस्तै जुनीचाँदे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कल्पना सञ्ज्यालले तीन दिन सम्म सञ्चालन भएको तालिममा खानेपानी स्वच्छताका बिषयमा धेरै कुरा सिकेको र पालिकामा खानेपानी परिक्षण ल्याव स्थापना गर्न आयोजक संस्थाबाट प्राप्त किटको सही सदुपयोग गर्दै खानेपानी गुणस्तर परिक्षण गरिने बताउनुभयो।

स्थानीय स्तरमा पानीको गुणस्तर परिक्षण ल्याव स्थापना भएपछि १९ वटा मध्ये पाँच वटा पारामिटर भौतिक, तीन वटा रासायनिक र जैविक एक एक गरी पाँच वटा पारामिटर परिक्षण हुनेछ । यो परिक्षणका लागि १० वटा स्थानीय तहलाई पानीको गुणस्तर परिक्षण तालिमका साथै परिक्षण किट उपलब्ध गराईएको छ । तालिममा अन्य १४ वटा पारामिटरको बारेमा समेत जानकारी गराईएको थियो ।

तालिममा सहभागीहरुले आ-आफना स्थानीय तहमा पाँच वटा खानेपानी आयोजनाको नमुना परिक्षण एक हप्ता भित्र गर्ने समेत प्रतिबद्धता जनाएका छन् । ‘तालिमले खानेपानीको भौतिक, जैविक र रासायनिक पारामितीहरु परिक्षण किटको प्रयोग गरी स्थानीय स्तरमै मापन गर्न सक्षम हुनु भएको छ’ आयोजक संस्था छा—याँ नेपाल कर्णाली प्रदेशका टिम लिडर मीन बहादुर रावलले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार