खानेपानी समस्याको समाधान मेरो प्रमुख लक्ष्य : खानेपानीमन्त्री यादव

  वास खबर सम्बाददाता  234 पटक हेरिएको


कैलाली : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकका खानेपानी समस्याको समाधान गर्ने र शुद्ध पानी वितरण गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनु भएको छ । सुदुरपश्चिम भ्रमणमा रहनु भएका मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको कैलाली स्थित लम्कि चुहा नगरपालिकामा निर्माण भैरहेको लम्की चुहा सहलगानी खानेपानीको सम्पवेल लगायत विभिन्न संरचनाको अवलोकन तथा निरीक्षण गर्दै सो कुरा बताउनु भएको हो ।

नागरिकका खानेपानी समस्याहरू बुझ्न र त्यसको समाधान गर्ने उद्देश्यले केही महिनादेखि नागरिकको घरदैलो र देशका दुर्गम क्षेत्रहरूमा पुगिरहेको उहाँले बताउनुभयो । मन्त्री यादव नेतृत्वको टोलीले महिना दिनभित्रै देशको दुर्गम जिल्लाहरु डोल्पा तथा हुम्लाका खानेपानी आयोजनाहरुको समेत निरीक्षण गरिसकेको छ ।

लम्की चुहा सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । आयोजना सम्पन्न भएपछि लम्कि चुहा नगरपालिकाका करिब १५ हजार नागरिकले सुरक्षित खानेपानी पिउन पाउनेछन्।

खानेपानी निरीक्षणमा लम्किचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही,खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार