सामुदायिक विद्यालयमा खानेपानी महसुल छुट गर्न गृहकार्य शुरु

  वास खबर सम्बाददाता  117 पटक हेरिएको

काठमाडौं : सामुदायिक विद्यालयमा खानेपानीको महसुल छुट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयले गृहकार्य थालेका छन् । विद्यालयमा खानेपानीको महसुल छुट गर्ने विषयमा सहकार्य गर्न खानेपानी मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री विद्या भट्टराई बीच सहमति भईसकेको छ ।

विद्यालयमा उपलब्ध हुने खानेपानी सुविधाको दीर्घकालीन व्यवस्थापनको मोडालिटी तयार गर्न मोडालिटी तयार हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

‘कार्ययोजना तथा समन्वय गर्नका लागि दुबै मन्त्रालयको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने र उक्त कार्यदलले तयार गरेको प्रतिवेदन अनुसार कार्यक्रमहरू तय गरिने जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार