काठमाडौं उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन गर्ने भनिएको धादिङ् र नुवाकोट जिल्लाको सिमानामा अवस्थित बञ्चरे डाँडाको पूर्वाधारमा ढिलाइ हुँदाको असर काठमाडौको फोहोर व्यवस्थापनमा परेको छ । कारण यही हो, अहिले समयमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन हुन सकेको छैन । यसको असर ल्याण्डफिल साइट, ट्रान्सफर स्टेशन, सडक हुँदै नागरिकको घर घरमा पुग्ने क्रममा छ ।
ओखरपौवा त्यही ठाउँ हो, जसको आयु समाप्त भएर क्यापिङ् भइसक्नु पर्ने थियो । तर यसको विकल्पमा अर्को साइट तयार नहुँदा यही साइटको क्षमता बढाउँदै फोहोर राख्दै गर्न थालियो । यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ । अहिले फोहोर व्यवस्थापन गर्न यही साइटमाथिको बाटो समस्या भएको छ । फोहोरमाथि भएकोले यसमा कालो पत्रे गर्ने वा ढलान गर्ने जस्ता काम गर्न सकिँदैन । पानी प¥यो कि ट्रक चिप्लिएर अघि बढ्नै सक्दैन । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — यसपाली बर्खा चाँडै शुरु भयो । त्यसैले समस्या अहिल्यै देखियो । साना समस्या थिए, कसैलाई चालै नदिइ समाधान ग¥यौं, अहिले ठूला समस्या थपिए पछि, मिलेर समाधान गर्न नगरबासीलाई आग्रह गरिरहेका छौं । कुँवर थप्दै भन्नुहुन्छ — सहरबासीले, फोहोर संकलन गर्ने गाडी ढोकामा आएपछि मात्र फोहोर बाहिर निकालिदिनुभयो भने, हामीलाई ठूलो सहयोग हुने थियो ।
फोहोर रोकिनुको दोष महानगरलाई आउने गरेको छ । ल्याण्डफिल साइटमा जाने फोहोरको मात्रा महानगरको धेरै हुने भएकोले यसरी दोष आउनु एउटा सवाल हो अर्कोतिर ल्याण्डफिल साइटमा उपत्यकाका तीनवटै जिल्लाको फोहोर लगिन्छ । यतिसम्मकि, काठमाडौंबाट २७ किलोमिटर टाढा भक्तपुरको नगरकोटबाट संकलन भएको फोहोर पनि करीव ५४ किलोमिटर दुरी कटाएर ओखरपौवा नै पु¥याइन्छ । उपत्यकाको अधिक भाग अहिले सहर भइसकेको छ । यी सवै क्षेत्रबाट ल्याण्डफिल साइटमा अहिले दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । यसमध्ये करीव ५५० मेट्रिक टन महानगरबाट उत्पादित फोहोर हो भने बाँकी अन्य नगर र जिल्लाबाट संकलन हुने हो ।
कुरा रह्यो, फोहोर व्यवस्थापन गर्ने स्थल व्यवस्थापनको । यो अहिलेसम्म महानगरले गर्दै आएको छ । यसअघि फोहोरमैला व्इवस्थापन प्राविधिक सहयोग केन्द्रले ल्याण्डफिल साइटको पूर्वाधारका लागि काम गथ्र्यो । बञ्चरे डाँडामा पूर्वाधार निर्माणको काम केन्द्रकै अगुवाईमा शुरु भएको थियो । स्थानीय सरकार सञ्चालन ऐन जारी भएसँगै यस केन्द्रको भूमिका कम हुँदै गयो । अहिलेसम्म केन्द्र जीवित छ तर भूमिकाहीन अवस्थामा छ । यसले गर्ने काम पनि महानगर नै गर्दैछ तर, बञ्चरे डाँडाको पूर्वाधार विकासको काम महानगर एक्लैको क्षमता माथिको कुरा हो । त्यसैले अव बाँकी काम कसले गर्ने? प्रश्न यथावत छ ।
यी विविध सवाल संस्थागत संरचना र दायित्वका कुरा भए । यसैभित्र देखिएका असमन्वयका सवाल हेरेर, कुनै न कुनै समय फोहोर व्यवस्थापनमा असामान्य अवस्था आउन सक्छ, पूर्व अनुमान नगरिएको होइन । त्यसै क्रममा ओखरपौवा र बञ्चरे डाँडाको वीचमा रहेको खाल्टे खेत भएको क्षेत्रलाई अधिग्रहण गरेर तत्काल फोहोर व्यवस्थापन गर्ने विकल्प पनि हेरिएको थियो । जग्गा अधिग्रहण गर्नु पर्ने भएपछि श्रोतको कुरा आयो त्यसैले यो कुरा पनि बीचमै हरायो । यससँगै फोहोर व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिने विषय पनि अड्किँदै अघि बढ्दैछ । यदि यो काम निजी क्षेत्रलाई दिने हो भने पनि ल्याण्डफिल साइटमा लगानी र व्यवस्थापनको कुरा त आउँछ नै ।
फोहोर व्यवस्थापनको सवाल, स्थानीय सरकारको दायित्वको विषय त हो नै तर यसो भनेर नागरिकले पनि बाटो विराउन हुन देखिँदैन । महानगर आउँछ भनेर घर बाहिर फोहोर थुपार्दै जाने हो, त्यसको दुर्गन्ध र वातवरणीय ह्रासको पहिलो शिकार स्थानीयबासी नै हुन्छन् ।
यसरी फोहोर व्यवस्थापनमा देखिएको विद्यमान समस्याको कारण नागरिकले महानगर वा नगरलाई, महानगर वा नगरले सरकारलाई, सरकारले महानगर वा नगरलाई देखाएर समाधान हुने देखिँदैन । समस्या अहिले आइप¥यो तर यसको शुरुवात बर्षौं अघि भइसकेको थियो । त्यस समयमा नै समाधानको ठोस काम भएको भए, अहिले यो अवस्था आउने थिएन ।
जे होस्, समस्या शुरु भयो । बर्खाको झारीसँगै समस्या बढ्न सक्ने सम्भावना प्रवल छ । त्यसैले सहरलाई सफा राखेर सभ्यता प्रदर्शन गर्न नागरिकदेखि सरकारसम्म एक मत हुन र एक मतले काम गर्न आवश्यक देखिएको छ ।
काठमाडौ अनलाइनबाट ।