कोकाकोला र वाटर एडको सहयोगमा डुकुछापमा खानेपानी र सरसफाइ सम्बन्धी परियोजना सञ्चालन

  वास खबर सम्वाददाता  261 पटक हेरिएको


ललितपुर : लतिलपुरको डुकुछापमा कोकाकोला फाउण्डेसन तथा वाटर एड नेपालको आर्थिक सहयोगमा सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन हुन गैरहेको छ। एकीकृत शहरी विकास केन्द्र (सिआईयुडी) को सहजीकरणमा गोदावरी नगरपालिकाको वडा नं. ८ डुकुछापमा सुरक्षित खानेपानी आपूर्ति गर्ने हेतुले “Driving Innovative Piped Supply for Access to Safely Managed Water for Communities affected by Water Crisis in South Asia” नामक परियोजना सञ्चालन हुन गैरहेको सिआईयुडीका कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिनभयो।

काठमाडौबाट १३ किलोमिटरको दुरीमा रहेको डुकुछाप समुदायमा खानेपानीको अभावले काकाकुलको स्थिति भएपछि सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको उहाँले बताउनुभयो।

सोही समुदायमा विश्व पानी दिवसको अवसर पारी गोदावरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सुक बहादुर लामा, महिला वडा सदस्य रुपा परियार, डुकुछाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र के.सी., खानेपानी समितिका उपाध्यक्ष प्रल्हाद रानाभाट, वाटर एड नेपालका आन्नद गौतम, वडाका प्राविधिक इन्जिनियर गौतम महर्जन, एकिकृत शहरी विकास केन्द्रका कार्यक्रम निर्देशक सुदर्शन राजभण्डरी तथा फिल्ड संयोजक विश्वनाथ श्रेष्ठ लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा महिलाहरुको बिहानको समय पानी ओसार्नमै बित्ने गरेको र यसका कारण अन्य आयआर्जनको काममा ध्यान दिन नपाएको महिला वडा सदस्य रुपा परियारले बताउनुभयो। पानीसँग महिलाको नजिकको सम्बन्ध भएकाले पानीको अभामा महिला नै बढी प्रताडित हुनुपरेको र पानीको सहज आपूर्ति भएमा महिलाको आधा दुःखको अन्त्य हुने उहाँको भनाइ थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार