गाउँपालिकामा खानेपानीको गुणस्तर परिक्षण प्रयोगशाला स्थापना

  वास खबर सम्वाददाता  207 पटक हेरिएको

सप्तरी : सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयमा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना गरिएको छ। गाउँपालिका र BMZ/VCA/WHH को सहयोगमा महुली सामुदायिक विकास केन्द्र (MCDC) द्वारा सञ्चालित Up- scaling WASH systems strengthening approach in the Terai region of Nepal (NPL 1082-22) परियोजनाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको हो।

गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यतामा प्रयोगशालाको उदघाट्न गरिएको छ। प्रयोगशाला उदघाटन गर्दै अध्यक्ष चौधरीले खानेपानीको गुणस्तर परिक्षण गर्नका लागि यस प्रयोगशालाले ठुलो भुमिका खेल्ने बताउनुभयो। उहाँले पानीको सामान्य परिक्षण गर्नका लागि अब प्रदेश ल्याव जानु नपर्ने बताउनुभयो।

गाउँपालिकामा पानी परिक्षणको सुविधा सञ्चालन भएको जानकारी सबै आम जनता, सरकारी तथा नीजि कार्यालय लगायत अरु सरोकारवालाहरुमा समेत गराउन आवश्यक रहेको कुरामा उहाँले जोडदिनु भयो।

नेपाल सरकारद्वारा तोकिएका अनिवार्य परिक्षण गर्नु पर्ने खानेपानी गुणस्तर सम्बन्धी १९ पारामितीहरु मध्ये कम्तिमा १३ वटा पारामितीहरु (Iron, Manganese, Ammonia, Nitrate, Fluoride, Total Hardness, pH, Electrical Conductivity, Turbidity, FRC, E.Coli, Arsenic लगायतका परिक्षण यस प्रयोगशाला बाट गर्न मिलने कुरा MCDC का कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा निरन्तर सेवा प्रवाह गर्नका लागि सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिन अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा WHH को तर्फ बाट Christopher Korb, MEAL Advisor, WHH Germany, तारा नाथ पौडेल, MEAL Expert पदम लम्साल लगायतको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार