दिसाजन्य लेदो भण्डारणबाट उत्पादन हुने हरित गृह ग्यासको मापन हुँदै

लेदो व्यवस्थापन प्रणालीको जलवायु उत्थानशीलताको पनि अध्ययन हुँदै

  वास खबर सम्वाददाता  236 पटक हेरिएको

काठमाडौ : चितवनको रत्न नगरपालिका, देशको तीन वटा नगरपालिका, काभ्रेको बेथानचोक गाउँपालिका र धुलिखेल नगरपालिकामा दिसाजन्य लेदो भण्डारणबाट उत्पादन हुने हरित गृह ग्यासको मापन भैरहेको छ । काठमाडौँ विश्वविद्यालयले विगत तीन वर्षदेखि ती तीनवटा पालिकामा हरितगृह ग्यास तथा १३ वटा पालिकामा दिसाजन्य लेदो व्यवस्थापन प्रणालीको जलवायु उत्थानशीलता अध्ययन गरिरहेको काठमाडौं विश्वविद्यालयका प्रतिभा पौडेलले जानकारी दिनुभयो।

यसै बिषयको सिकाई आदान प्रदान गर्न अकुइटेक इकोलोजी सेन्टर, काठमाडौं विश्वविद्यालयले हालै तीन दिने गोष्ठीको आयोजना गरिएको थियो।

सरसफाइ क्षेत्रमा जलवायु परिवर्तनले पर्न सक्ने असर सम्बन्धी जोखिमको लिपिबद्ध गर्ने, SCARE प्रोजेक्ट मार्फत गरिएको अनुसन्धानको नतिजा छलफल गर्ने र हरित गृह ग्यास मापनमा अनुसन्धानकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने हेतुले युनिभर्सिटी अफ ब्रिस्ट, युनिभर्सिटी अफ लीड्स, युनिभर्सिटी अफ टेक्नोलोजी (अस्ट्रेलिया), हरामया युनिभर्सिटी अफ (इथोपिया), कम्बोग्यो युनिभर्सिटी (उगंडा), इकोले पोलिटेक (सेनेगल) र ग्लोबल ग्रीन इन्स्टिच्यूटको सहकार्यमा “Sanitation and Climate; Assessing Resilience and emission (SCARE)” गोष्ठी आयोजना गरिएको हो।


गोष्ठीमा युनिभर्सिटी अफ ब्रिस्टलका प्राध्यापक डाक्टर गाइ हवार्ड, युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक डाक्टर जुलिएट विल्लेट र जेरेमी कोहिलत्ज, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर सुबोध शर्मा र डा. अनिस घिमिरे हाल एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी र प्रतिभा पौडेल (PHD student) प्रोजेक्टका अनुसन्धानकर्ता हुन्।

गोष्ठीमा प्राध्यापक रिजन भक्त कायस्थले जलवायु परिवर्तनले गर्दा तापक्रम बढ्ने, वर्षामा परिवर्तन आउने र अनावृष्टि र अतिवृष्टि जस्ता घटनाहरु बढेको बताउनुभयो । गोष्ठीमा जलवायु परिवर्तनले सरसफाइ क्षेत्र र दिसाजन्य लेदो व्यवस्थापनमा असर पर्ने, जलवायु उत्थानशील सरसफाइ सुरक्षा योजना जस्ता परियोजनाले यस्ता असर न्यूनीकरण गर्न सहयोग गर्न सक्ने विश्व स्वास्थ संगठनका डाक्टर सुदन पन्थीले बताउनुभयो ।

सरसफाइ प्रणालीको जलवायु उत्थानशीलता कायम गर्न तथ्यांकको महत्व हुने र यस कार्यमा हरेक संस्था र संगठन बीच पारदर्शिता र समन्वय जरुरी रहेको निष्कर्ष रहेको थियो।


गोष्ठीमा SCARE प्रोजेक्ट मार्फत प्रस्ताब गरिएको स्थलगत सरसफाइ प्रणाली On-site sanitation system र दिसाजन्य लेदो व्यवस्थापन प्रणालीको जलवायु उत्थानशीलता मापन गर्ने मेट्रिक प्रस्तुत गरिएको थियो । प्रोजेक्टबाट गरिएको हरित गृह ग्यासको मापन गर्ने बिधि र प्रोजेक्टबाट प्राप्त नतिजा काठमाडौं विश्वविद्यालयकै प्रतिभा पौडेलले प्रस्तुत गर्नुभयो । मेट्रिकमा उपस्थित सहभागीले आफ्नो सलाह र सुझाब दिनुभयो ।

गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र तथा विषयविज्ञ गरी करिब ५० जनाको सहभागिता थियो ।
कार्यक्रमको तेस्रो दिन हरित गृह ग्यास मापन बारे तालिम प्रदान गरियो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सका डीन डाक्टर जनार्दन लामिछानेले कार्यक्रम समापन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार