दोर्दीले बनायो १३ वटा खानेपानी योजना, करिब हजार घरपरिवार लाभान्वित

  वास खबर सम्वाददाता  245 पटक हेरिएको

काठमाडौ : लम्जुङको दोर्दी गाउँपालिकाले १३ वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरेको छ । दोर्दी गाउँपालिकाले गोर्खा वेल्फेयर ट्रष्टसँग साझेदारी गरी उपभोक्ताको समेत श्रमदानमा यत्ति धेरै खानेपानी योजना सम्पन्न गरेको हो ।

गाउँपालिका भित्रका सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। उहाँका अनुसार ती खानेपानी योजनाहरुबाट ९९७ घरपरिवार लाभान्वित भएका छन् ।

गोर्खा वेल्फेयर सँग साझेदारीमा काम गर्दा गाउँपालिकालाई धेरै सहज भएको अध्यक्ष अधिकारीको अनुभव छ। ‘उहाँहरुको इन्जिनियर, प्राविधिक र काम गर्ने शैली नै छुट्टै छ, त्यसको लाभ हाम्रा उपभोक्ताहरुले लिईरहनु भएको छ’ अध्यक्ष अधिकारीले भन्नुभयो।

वेल्फेयरद्वारा खानेपानीको संरचना निर्माण गर्दा खानेपानीको मुहानको स्थिति तथा भविश्यमा आउन सक्ने विपदको पूर्व सम्भाव्यता अध्ययन र विश्लेषण गरी निर्माण गरिने भएकाले दिगो हुने उहाँले बताउनुभयो । ‘खानेपानी योजनाहरु दिगो नहुनुमा संरचना बलियो नहुनु पनि हो, तर वेल्फेयरले बनाएको खानेपानीमा गुणस्तरको प्रश्न नै छैन’ उहाँले भन्नुभयो ।

दोर्दी गाउँपालिका, गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको श्रमदानबाट निर्माण सम्पन्न भएका खानेपानी योजनाहरु :

१. स्रेमान्जङ खानेपानी तथा सरसफाइ योजना

२. दशडाँडा खानेपानी तथा सरसफाइ योजना

३. कामचोक खानेपानी तथा सरसफाइ योजना

४. खहरेबगर खानेपानी तथा सरसफाइ योजना

५. सिमी खानेपानी तथा सरसफाइ योजना

६.लप्सीबोट खानेपानी तथा सरसफाइ योजना

७.उपल्लो दैलुङ खानेपानी तथा सरसफाइ योजना

८. ताप खानेपानी तथा सरसफाइ योजना

९.कृतिपुर खानेपानी तथा सरसफाइ योजना

१०. लामिडाँडा खानेपानी तथा सरसफाइ योजना

११. ढोडेनी खानेपानी तथा सरसफाइ योजना

१२. बारी गाउँ खानेपानी तथा सरसफाइ योजना

१३. हरिगाउँ खानेपानी तथा सरसफाइ योजना

खानेपानी योजनाको लागत विवरण : 

स्रोत दोर्दी गाउँपालिकाले गरेको प्रस्तुतीकरण

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार