विदेशमा पानी निर्यात सम्बन्धी के छ कानुनी व्यवस्था ?

  वास खबर सम्वाददाता  189 पटक हेरिएको


काठमाडौ : कतारी राजाको नेपाल भ्रमण सकिए लगत्तै नेपालबाट कतारमा स्वच्छ पानी निर्यातको सम्भावनालाई लिएर छलफल सुरु भएको छ। यस अघि पनि कतारमा पानी निर्यात गर्दै आएको नेपालले आर्थिक बर्ष २०७८/०७९ मा १८ हजार चार सय तीन लिटर पानी विक्री गरे यता निर्यात गर्न सकेको छैन।

भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले पानी विक्रीबाट २५ लाख ४४ हजार आम्दानी गरेको थियो। तर त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन।

विदेशमा पानी निर्यातको लागि कानुनी व्यवस्था पर्याप्त नभएको कतिपयको भनाइ छ। यद्यपि कानुनले विदेशमा पानी निर्यात गर्ने बाटो खुला गरेको छ।

खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ५० मा ‘खानेपानीको निर्यात गर्न सक्ने’ स्पष्ट रुपमा भनेको छ। ऐनको दफा ५० को उपदफा (१) मा नेपाल सरकार वा अनुमति पत्र प्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्ने उल्लेख छ।

सोही दफाको उपदफा (२) मा भनिएको छ ‘बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।’
विदेशी बजारमा नेपालको पानी निर्यात गर्न सक्ने व्यवस्था ऐनमा भए पनि यस सम्बन्धी मापदण्डहरु निर्माण गर्नुपर्ने विज्ञहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार