इन्टेकबाटै खानेपानी चोरी, कानुन बमोजिम कार्वाही गरिनेछ : खानेपानी बोर्ड

  वास खबर सम्वाददाता  185 पटक हेरिएको

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ स्थिति लगुनडाँडा खानेपानी योजनाको इन्टेकबाटै खानेपानी चोरी भएको छ। ४९ घरपरिवारले उपभोग गर्दै आएको खानेपानीको ईन्टेक बाटै २५ मिलिमिटरको पाईप लगाएर चोरी गरेको भेटिएको बेनीघाट रोराङ ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिनुभयो।

विगत तीन दिन देखि उपभोक्ताको धारामा पानी नआएपछि शुक्रबार बोर्डका प्राबिधिकहरु मुहानमै गएर हेर्दा २५ मिलिमिटरको पाईपबाट पानी चोरी गरेको भेटिएको उहाँले बताउनुभयो।

उक्त पाईपलाई खानेपानी बोर्डका प्राविधिकहरुले हिजै विच्छेद गराएर खानेपानी सुचारु गराए पनि पुनः आज बिहान पनि सोही अवस्थामा भेटिएको उहाँले बताउनुभयो। ‘हिजो नै त्यो लाईन बन्द गरेर ल्याएका थियौ, हिजो बेलुकाबाट फेरि त्यही समस्या आएपछि आज बिहान प्राबिधिक टोलि सहित मुहानमा अवलोकन गर्दा पुनः ईन्टेक बाट पानी चोरी गरेको पाईयो’ उहाँले भन्नुभयो।

उक्त पाईप पत्ता लगाउन नसकिएको र स्थानीयद्वारा पानी चोरी गर्नेको पहिचान भैरहेको उहाँले बताउनुभयो। ‘खानेपानीमा क्षति पु¥याउने जो कोही भएपनि कानुन बमोजिम कार्वाही भोग्नै पर्छ, यसका लागि दोषी पहिचान गर्ने कार्य भैरहेको छ’ उहाँले भन्नुभयो। उहाँले खानेपानी बोर्डमा पानी चोरी गर्ने व्यक्तिको सूचना उपलब्ध गराउन समेत आग्रह गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार