सामुदायिक विद्यालयलाई आर ओ फिल्टर वितरण

  वास खबर सम्वाददाता  223 पटक हेरिएको


सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ११ ले तीन वटा सामुदायिक बिद्यालयहरुलाई आर.ओ. फिल्टर वितरण गरेको छ। वडा नंं. ११ को श्री भगवान राम आधारभूत बिद्यालय, मधुवन, श्री धनजीत आधारभूत बिद्यालय र श्री कर्णघण्टा देवी आधारभूत विद्यालयलाई फिल्टर वितरण गरिएको हो।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सुरक्षित खानेपानीमा पहुँच पुर्‍याउन विद्यालयलाई एक एक थान आर.ओ. फिल्टर वितरण गरिएको बराहक्षेत्र नगरपालिका वास फोकल पर्सन मोतीलाल चौधरीले जानकारी दिनुभयो।

वडा अध्यक्ष कृष्ण कुमार महतोले विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यलाई ख्याल राख्दै पानी शुद्धिकरणको लागि १/१ थान आरोह फिल्टर सम्बन्धित बिद्यालयका शिक्षकलाई वितरण गरिएको बताउनुभयो। ‘विद्यालयमा खानेपानी शुद्धिकरणको अभावमा जस्तो पानी पायो त्यस्तै पिउनु पर्ने बाध्यता छ, शिक्षक तथा विद्यार्थीलाई पानी शुद्धिकरण गरेर पिउनका लागि फिल्टर वितरण गरिएको हो’ अध्यक्ष महतोले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार