तीन वटा कम्पनीको जारमा भेटियो कोलिफर्म

  वास खबर सम्वाददाता  273 पटक हेरिएको

काठमाडौ : काठमाडौँ उपत्यकामा विक्री वितरण गरिरहेको जारको पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।

निरीक्षक डा. झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो ।

परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार