मेलम्चीको सुरुङ खन्न अब ३१ सय ९४ मिटर बाँकी

काठमाडौ २० जेठ । आगामी दशैसम्ममा मेलम्चीको पानी काठमाडौमा ल्याउने योजनाका साथ काम भईरहेको मेलम्ची खानेपानीको सुरुङ खन्न अझै ३१ सय ९४ मिटर खन्न बाँकी रहेको छ ।

गत मे महिनामा ४ सय ३० मिटर सुरुङ खनेको र दैनिक सालखाला १५ मिटरको दरले सुरुङ खन्ने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइ सचिव भीम उपाध्यायका अनुसार हिजो शुक्रबार १६ मिटर खनिएको छ ।

यही दरमा सुरुङ खन्ने हो भने बाँकी सुरुङ खन्न सात महिनाभन्दा बढी समय लाग्नेछ । दशैं अघि नै मेलम्चीको पानी ल्याउन चार महिनाको समय मात्र बाँकी छ । असोज १४ गते दशमी तिथी रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार