काठमाडौ ३१ जेठ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा ढिस्कोले पुरिँदा तीन जना मजदुरको घटनास्थलमै ज्यान गएको छ ।
काठमाडौको सीतापाइलामा आज (बुधबार) बिहान २ बजे तिर मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा ढिस्को खसेर पुरिंदा पर्वतका शेरबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दासको ज्यान गएको महानगरीय प्रहरी वृत स्वयम्भुका डिएसपी कोमल शाहले जानकारी दिनुभयो ।
ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।