
काठमाडौ : सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स, नेपाल (सोफेन) को दशौं कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्वाचन समितिका संयोजक डा. हरेराम श्रेष्ठले सोफेनको दशौं कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । यद्यपि नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण भने गरिएन । नवौं कार्यकारिणी समितिबाट जिम्मेवारी हस्तान्तरण एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भने साधारण सभामा गरिने निर्वाचन समितिले जनाएकोक छ ।
शुक्रबार सोफेनको दशौं कार्यकारिणी समितिको निर्वाचन तोकिएको थियो । सोफेनको पदाधिकारी तथा कार्यकारिणी समितिका सबै सदस्यहरु निर्विरोध निर्वाचित भएपछि उक्त कार्यक्रमलाई सम्वाद कार्यक्रममा रुपान्तरण गरी वास क्षेत्रको अनुभव आदानप्रदान कार्यक्रम गरिएको थियो ।

सोफेनका सदभावना दूत डा.गणेश साहले निर्विरोध निर्वाचित दशौं कार्यकारिणी समितिलाई बधाई एवं शुभकामना व्यक्त गर्दै सोफेनको सञ्जाल संघीय ढाँचा अनुसार बिस्तार गर्न सुझाव दिनुभयो । उहाँले सोफेनको नवौं कार्यकारिणी समितिले कारणवश सम्पन्न गर्न नसकेका अधुरा कामहरु समेत नयाँ कार्यसमितिले निरन्तरता सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभयो ।
सोफेनका सल्लाहकार किशोर कुमार शाक्यले पनि दशौं कार्यकारिणी समितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

सोफेनको प्रदेश कमिटी समेत गठन गरिने
नव निर्वाचित सोफेनका अध्यक्ष अनिलभद्र खनालले देशको संघीय संरचना अनुसार सोफेनको प्रदेश स्तरमा समेत कमिटी गठन गर्ने बताउनुभएको छ । यसका लागि विधान संशोधन गर्नुपर्ने र उक्त प्रस्ताव साधारण सभामा पेश गरी विधान संशोधन भएपछि सात वटै प्रदेशमा सोफेनको प्रदेश कमिटी गठन गर्ने बताउनुभयो ।
आफू र आफ्नो टिमलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यबाद व्यक्त गर्दै उहाँले कोभिडका बाबजुद पनि अघिल्लो कार्यकारिणी समितिले गरेका कार्यहरुको प्रशंसा गर्दै सम्पन्न गर्न बाँकी कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष खनालले सोफेनले बिगत देखि नै सरकारलाई आवश्यक नीति नियम, ऐन कानुन निर्माणका लागि समेत सहयोग गर्दै आएको स्मरण गर्दै यो कार्यलाई सोफेनले बढी भन्दा बढी जोड दिने उल्लेख गर्नुभयो ।
घोषणा कार्यक्रममा नवौं कार्यकारिणी समितिका अध्यक्ष डा. सञ्जिव विक्रम राणाले आफ्नो कार्यकालमा सोफेनको आर्थिक अवस्था निक्कै मजबुत बनाएको जानकारी गराउनुभयो । संस्थाको छुट्टै भवन बनाउने आफूहरुको सोच रहेको र उक्त कार्यलाई नयाँ कार्यकारिणी समितिले पूर्णता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सरसफाइकर्मीहरुको अवस्था, मेलम्ची खानेपानीको वर्तमान अवस्था र सेनेगल र बंगलादेशमा शहरव्यापी समावेशी सरसफाइको विकासबारे अनुभव आदानप्रदान गरिएको थियो ।
घोषणा कार्यक्रमका थप फोटाहरु :








1573 पटक हेरिएको 

