बाँकेबाट पनि वास दिगो विकास लक्ष्य परियोजनाको बिदाई

  वास खबर सम्वाददाता  526 पटक हेरिएको

बाँके : खानेपानी र सरसफाइ दिगो विकास लक्ष्य (वास एस डि जी) परियोजनाले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाबाट पनि बिदाई लिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारुको प्रमुख आतिथ्यमा समापन समारोह आयोजना गरी कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाबाट परियोजना औपचारिक रुपमा बाहिरिएको हो ।

समापन कार्यक्रममा वास एसडिजी परियोजनाका कन्ट्री को-अर्डिनेटर डा.मिङ्मा ग्याल्जेन शेर्पाले परियोजनाको रणनीतिक उद्देश्य र लक्ष्य, परियोजनाको उद्देशय हासिल गर्नका लागि अपनाईएका पद्धति सञ्चालित क्रियाकलाप र उपलब्धीहरुका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

परियोजनाका रणनीतिक उद्देश्य

√ सुधारिएको खानेपानी तथा सरसफाइ सुविधाहरू र अभ्यासहरूको माग बढाउन व्यवहार परिवर्तनमा सुधार ल्याउने कार्यहरू गर्ने

√ खानेपानी तथा सरसफाइको दिगो र समतामूलक प्रयोगको लागि खानेपानी तथा सरसफाइ सेवा प्रावधानमा सुधार गरी खानेपानी तथा सरसफाइ उत्पादन र सेवाहरूको उपलब्धता र किफायतीमा वृद्धि गर्ने

√ स्थानीय सरकारहरूलाई समावेशी र दिगो खानेपानी तथा सरसफाइ सुविधाहरूको कुशल र प्रभावकारी वितरण गर्न सक्षम बनाउँदै खानेपानी तथा सरसफाइजन्य प्रशासन र संस्थागत ढाँचाहरूलाई सुदृढ गर्दै दिगो र समतामूलक खानेपानी तथा सरसफाइमा योगदान पु¥याउने वास दिगो विकास लक्ष्य परियोजनाको उद्देश्य निर्धारण गरिएको थियो ।

उहाँले उल्लेखित उद्देश्यहरु हासिल गर्न परियोजना सफल भएको र परियोजनाले निर्माण गरेको जगमा टेकेर खानेपानी, सरसफाइ र स्वच्छताको दिगो विकास लक्ष्य हासिल गर्न बाँकी काम स्थानीयले सरकारले गर्नुपर्ने बताउनुभयो ।

उद्देश्य प्राप्तिका लागि अपनाईएको पद्धति

क) सुधारिएको खानेपानी तथा सरसफाइ सुविधाहरू र अभ्यासहरूको माग बढाउन व्यवहार परिवर्तनमा सुधार

♦ समुदायसँग सहकार्य

♦ खानेपानी तथा सरसफाइ उपभोक्त्ता समितिहरूसँग सहकार्य

ख) खानेपानी तथा सरसफाइको दिगो र समतामूलक प्रयोगको लागि खानेपानी तथा सरसफाइ सेवा प्रावधानमा सुधार गरी खानेपानी तथा सरसफाइ उत्पादन र सेवाहरूको उपलब्धता र किफायतीमा वृद्धि गर्ने

♦ पानीको गुणस्तर परिक्षण प्रयोगशाला

♦ बजार परिक्षण गरी खानेपानी तथा सरसफाइजन्य व्यवसायको समग्र बजार पारिस्थितिकी प्रणालीको अध्ययन

♦ आवश्यक्ता अनुरूप व्यवसायी तालिम, विभिन्न सत्रहरू सञ्चालन

 ग) स्थानीय सरकारहरूलाई समावेशी र दिगो खानेपानी तथा सरसफाइ सुविधाहरूको कुशल र प्रभावकारी वितरण गर्न सक्षम बनाउँदै खानेपानी तथा सरसफाइजन्य प्रशासन र संस्थागत ढाँचाहरूलाई सुदृढ गर्दै दिगो र समतामूलक खानेपानी तथा सरसफाइमा योगदान पुर्‍याउने

♦ खानेपानी तथा सरसफाइ निती ऐन कार्यविधी तथा योजना निर्माण

♦ खानेपानी तथा सरसफाइ शाखा स्थापना

♦ विद्यालय तथा स्वास्थ्य चौकीहरूमा खानेपानी तथा सरसफाइका हस्तक्षेपहरू

घ) महिनावारी स्वास्थ्य ब्यवस्थापान

♦ लैङ्गिक समानता र सामाजिक समावेशी अवधारणा

♦ खानेपानी तथा सरसफाइ सम्बन्धी पैरवी

यी हुन् खास उपलब्धी


परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरु मार्फत हासिल भएको उपलब्धीको अन्तिम सर्वेक्षण गरेको छ । परियोजनाले सुरूमा सन् २०१७ मा आधाररेखा सर्वेक्षण गरी परियोजनाको सुरूवात् गरेको थियो । सन् २०२० मा मध्यरेखा सर्वेक्षण गरेको परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको उपलब्धीलाई अलग अलग रुपमा प्रस्तुत गरेको छ ।

सर्वेक्षणमा विश्व स्वास्थ्य संगठन र युनिसेफले दिगो विकास लक्ष्यको उपलब्धी मापन गर्न संयुक्त्त रूपमा प्रतिपादित गरेको जे एम् पी सूचाङ्क र सिँढीको प्रयोग गरिएको परियोजनाले जनाएको छ ।

परियोजना समापन कार्यक्रममा कोअर्डिनेटर शेर्पाले समुदाय, विद्यालय र स्वास्थ्य संस्थाको खानेपानी, सरसफाइ र स्वच्छताको आधाररेखा, मध्यावधि र अन्तिम अवधिको सर्वेक्षण नतिजा समेत प्रस्तुत गर्नुभयो ।

खानेपानी

सरसफाइ


स्वच्छता


परियोजना समापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गरेका क्रियाकलापहरुको निरन्तरता र दिगोपनका लागि नगरपालिकाले निरन्तर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको कानुनहरु निर्माणका लागि परियोजनाको तर्फबाट सहयोग प्राप्त भएको र यसको कार्यान्वयनका लागि नगरपालिका कटिबद्ध रहेको बताउनुभयो ।


कोहलपुर नगरपालिकामा बनेका ऐन कानुनहरु

√ कोहलपुर दिसाजन्य लेदो व्यवस्थापन निती २०७८

√ कोहलपुर स्वास्थ्य ऐन २०७८

√  कोहलपुर ठोस फोहोर व्यवस्थापन ऐन २०७८

√ कोहलपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन क्षमता अभिवृद्धि रणनिती

√  कोहलपुर खानेपानी तथा सरसफाइ निती २०७८

√ कोहलपुर खानेपानी तथा सरसफाइ ऐन २०७७

√  कोहलपुर खानेपानी कार्यविधी २०७७

√  कोहलपुर खानेपानी तथा सरसफाइ योजना २०७८


खानेपानी तथा सरसफाइ दिगो विकास लक्ष्य (वास एसडिजी) परियोजना नेदरल्याण्ड सरकारको सहयोगमा सन् २०१८ जुन देखि बाँकैको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका र सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकामा सञ्चालन भएको थियो ।

बाँकेमा लुमन्ती, विरूवा, एकिकृत शहरी विकास केन्द्र, गेरुवा ग्रामिण जागरण संघ र सहकर्मी समाज तथा सुर्खेतमा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र सहकर्मी समाजले परियोजना कार्यान्वयन गरेका थिए ।

लुम्बिनी प्रदेश सांसद सन्जु कुमारी थारुको प्रमुख आतिथ्यमा आयोजना गरिएको परियोजना समापन कार्यक्रममा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका उपप्रमुख, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधी, परियोजना कार्यान्वयन संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।


परियोजनाले पाँच बर्षको दौरानमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गरेका कामहरु, अपनाईएका रणनीति तथा कार्यनीति, कार्यान्वयन पद्धति तथा लाभान्वित समुदाय, चुनौती, सिकाई तथा अवसरहरु समेटेर प्रतिवेदन तयार पारी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

नगरपालिका तथा गाउँपालिकाको तर्फबाट परियोजना कार्यान्वयन गर्ने संस्थाहरुको लागि र परियोजनाको तर्फबाट गाउँपालिका तथा नगरपालिकाको लागि मायाको चिनो समेत प्रदान गरिएको थियो ।

परियोजनाका थप फोटाहरु : 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार