काठमाडौ : तानसेन नगरपालिकालाई ढल तथा फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तानसेन नगरपालिका १ साल डाँडामा प्रस्तावित ढल तथा फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि ध्रुवघाट सामुदायिक वनको रुख नभएको १ हजार १७.४७ वर्गमिटर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको जानकारी गराउनुभयो ।
यस्तै हेवा ए साना जलविद्युत आयोजना निर्माणको लागि पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर १,२,३,७ र ८ मा रहेको राष्ट्रिय वनको १.४७ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका २७५ वटा रुख पोल हटाउन स्वीकृत दिने मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ ।
हेर्नुहोस् बैठकका थप निर्णय :
प्रेश विज्ञप्ति