खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र विकास योजना (SDP) को मस्यौदामा के छ ? हेर्नुहोस्

  वास खबर सम्वाददाता  339 पटक हेरिएको


काठमाडौ : सरकारले खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्र विकास योजना (Water Supply, Sanitation and Hygiene (WASH) Sector Development Plan) को मस्यौदा तयार पारेको छ । वि.सं. २१०० सम्ममा सबै नेपालीलाई सुरक्षित खानेपानी र सरसफाइमा एकैसाथ पहुँच पुर्‍याउने लक्ष्य राखी क्षेत्र विकास योजना तयार पारिएको हो ।

उक्त लक्ष्य हासिल गर्न सन् २०२४ देखि २०४३ सम्मको लामो अवधिमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा गर्नुपर्ने मुख्य मुख्य कार्यक्रम, आवश्यक बजेट र अपनाईने रणनीति लगायत बिषयलाई समेटेर क्षेत्र विकास योजना तयार पारिएको हो ।

वास क्षेत्र विकास योजनामा यस अघि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रगत समीक्षाबाट औल्याएका बिषयलाई समेत एकाकार गरिएको छ । क्षेत्रगत समीक्षाकै बेला वर्गीकरण गरिएका विभिन्न ७ वटा बिषयगत समूहको यथेष्ट विश्लेषण र बिषयगत रुपमा बजेटको आँकलन समेत गरिएको छ ।

सन् २०२४ देखि सन् २०४३ सम्म खानेपानी र सरसफाइ क्षेत्रको विभिन्न उपक्षेत्रमा लाग्ने बार्षिक लागत पनि कार्यान्वयन योजनामा समेटिएको छ ।

खानेपानी, सरसफाइ र स्वच्छता सुविधाबाट कोही कसैलाई पनि नछुटाउने वास क्षेत्र विकास योजनाको मुख्य ध्येय हो । प्रत्येक नेपाली नागरिकको स्वच्छ र सुरक्षित खानेपानी सेवामा समान पहुँच हुने, खुला दिसालाई पूर्ण रूपमा उन्मूलन गर्ने र प्रत्येक नागरिक सुरक्षित सरसफाइ सुनिश्चित गर्ने क्षेत्र विकास योजनाले परिकल्पना गरेको छ।

यस्तै लैङ्गिक उत्तरदायी र सांस्कृतिक रूपमा सुधारिएको सरसफाइ सुविधाहरूमा प्रत्येक घर परिवारको पहुँच पुगेको, संवेदनशील, र अपाङ्गता भएका व्यक्तिहरू सहित जनसंख्याको विविध आवश्यकताहरू पूरा भएको, पानीजन्य रोगहरू कम गर्न र जनस्वास्थ्य सुधार भएको परिकल्पना गरेकोछ ।

वास सुविधाहरुमा लैङ्गिक समानता र लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी भएको हुने, वासकोको पहुँचमा लैङ्गिक असमानताहरू हटाउने लगायत परिकल्पना गरेको छ ।

वास क्षेत्र विकास योजनामा थप के के छन् ? विस्तृतमा हेर्नुहोस् ।

SDP

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार