संयुक्त अनुगमन टोलीद्धारा खानेपानी आयोजनाको अनुगमन

  वास खबर सम्वाददाता  366 पटक हेरिएको

RVT अनुगमन गर्दै टोली, तस्बिरः राजन रावत

हुम्ला, सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका र सुस्वाको संयुक्त अनुगमन टोलीले पालिकाको वडा नं. ४ मा हालै निर्माण सम्पन्न भएको छातेसी खानेपानी तथा सरसफाइ योजनाको अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा र उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा खानेपानीको इन्टेक देखि धाराको अनुगमन गरिएको हो । गा

खानेपानी आयोजनाको अवस्था र दिगोपनाका बारेमा जानकारी लिनका लागि निर्माण सम्पन्न पश्चात अनुगमन गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो। सार्वजनिक बिदाको दिनमा पनि टोलीले आरविटी, ईन्टेक र धाराको अनुगमन गरेको अध्यक्ष लामाले बताउनुभयो।

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) र गाउँपालिकाको लागत साझेदारी एवं स्थानीयको श्रमदान बाट आर्थिक वर्ष ०८०÷०८१ मा सो खानेपानी योजना निर्माण सम्पन्न भएको हो । यसका एक करोड अठार लाख रुपैयाँ लगानी भएको गाउँपलिकाले जनाएको छ ।

खानेपानी योजनाको अनुगमन गर्न वडा नं. १ देखि ६ वटै वडाका वडा अध्यक्षहरु क्रमशः सुनाम लामा, समक्याप लामा, ग्याम्जो लामा, लाता लामा, पाल्जोर लामा र पाल्जोर तामाङ तथा निमित्त प्रशासकीय अधिकृत मोहन बहादुर शाही, सुस्वाका कर्मचारी र संचारकर्मीको समेत सहभागिता थियो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार