वाश इन्डेक्स टुल मार्फत वास प्रणालीका आधार स्तम्भहरुको स्वमूल्याङ्कन

  वास खबर सम्वाददाता  216 पटक हेरिएको

काठमाडौ : आइ आरसी वास सिस्टमस् एकेडेमी (IRC WASH Systems Academy) ले प्रतिपादन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)  इन्डेक्स टुल प्रयोग गरी स्वमूल्याङ्कन पद्धतिबाट खानेपानी र सरसफाइ क्षेत्रगत समीक्षा गरिएको छ।

खानेपानी मन्त्रालयको आयोजना तथा एसएनभी नेपाल, वाटर एड नेपाल तथा युनिसेफको सहयोगमा आइआरसी वास सिस्टमस् एकेडेमी (IRC WASH Systems Academy) ले बिकास गरेको वाश इन्डेक्स टुल प्रयोग गरी खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रणालीका नौ वटा आधार स्तम्भहरुको स्वमूल्याङ्कन गरिएको हो ।

वाश इन्डेक्स टूलको प्रयोग गरी प्रणालीगत बलियोपनका लागि नौ वटा आधार स्तम्भहरुको (वाश सिस्टम बिल्डिङ ब्लक) मूल्याङ्कन गर्ने कार्यक्रमको मुख्य उद्देश्य थियो ।

आधार स्तम्भहरूको रूपमा संस्था, नीति र कानुन तर्जुमा, योजना, वित्त, नियमन र जवाफदेहिता, अनुगमन, पूर्वाधार विकास तथा मर्मत, जलस्रोत व्यवस्थापन र सिकाई तथा अनुकुलनले वास प्रणालीलाई सबलीकरण गरी दिगो विकास लक्ष्य हासिल गर्न टेवा पुर्याइरहेका छन् ।

वाश सिस्टम्स फर हेल्थ (WS4H), बेलायतको अन्तर्राष्ट्रिय विकास कोष (FCDO)  को सहयोगमा SNV / WaterAid बाट सञ्चालित छ ।

प्रणाली सुदृढीकरणमा जोड

कार्यक्रमको उदघाटन सत्रमा SNV की क्षेत्रीय प्रमुख नदीरा ख्वाजा, WaterAid का देशीय निर्देशक सुदर्शन न्यौपाने, UNICEF का प्रमुख इरफान एस. अलराई, बेलायती दुतावासका वास सल्लाहकार कमला केसीले वाश प्रणाली सुदृढीकरणको महत्त्वबारे आफ्नो विचार व्यक्त गर्नुभयो।

सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी वाश इन्डेक्स टुलको प्रयोग गर्दै प्रणाली स्वमूल्याङ्कनको अभ्यास गरिएको थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक बाल मुकुन्द श्रेष्ठले अध्यक्षता गर्नुभएको कार्यशालामा नेपालमा खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा प्रत्यक्ष कार्यरत संघ संस्था तथा यस क्षेत्रसँग जोडिएका क्षेत्रगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, अपाङ्गता महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) लगायतको सहभागिता रहेको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार