गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न, पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य

  वास खबर सम्बाददाता  162 पटक हेरिएको

तानसेन : खानेपानी घरमै आएपछि गाउँले खुसी भएका छन् । तानसेन नगरपालिका ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् । दिन बिताएरै पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको पानी बोक्नुपर्ने समस्याको समाधान भएको हो । आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गार्गी खानेपानीको उद्घाटन गर्दै हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पुर्‍याउने नेपालको सरकार लक्ष्य भए अनुरुप यस वडामा खानेपानीको सुविधा पुर्‍याउन सक्दा खुसी लागेको बताउनुभयो ।

खानेपानी उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका ११  का वडाध्यक्ष यादव सिंह कार्कीले खानेपानीको समस्याले गर्दा विद्यालयमा पढ्न आउने विद्यार्थीलाई समेत प्रत्यक्ष प्रभाव परेकाले खानेपानी घर घरमा ल्याउन पाउँदा खुसी भएको बताउनुभयो । कार्कीले  पानीको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।

खानेपानी भाटेखोला बाट ल्याइएको वडा सदस्य अमर बहादुर रानाले बताउनुभयो  । स्थानीय सङ्गीता भाटले पानी परेको बेला नजिक खानेपानी नहुँदा डोको बोकेर पानी लिन जाँदा समस्या समाधान भएपछि खसिको सीमा नभएको बताउनु भएको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। भाटले भन्नुभयो “अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ बच्चालाई समयमै स्कुल पठाउन पाइएको थिएन ,सन्चो नहुदा पनि पानीकै समस्या हुन्थ्यो अब घरमै पानी आएपछि बच्चाले पनि पानी भर्न सक्छन् । ”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार