बाढीले ल्याएको फोहोर सफाइ गर्न ललितपुर महानगर जुट्यो

  वास खबर सम्बाददाता  125 पटक हेरिएको

काठमाडौं : ललितपुर महानगरपालिकाले बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सफा गर्न थालेको छ। महानगरपालिकाले आजदेखि बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर व्यवस्थापन गर्न थालेको हो । आज बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् ।

सफा नभएसम्म महानगरपालिकाले यो अभियान जारी राख्ने जनाएको छ। ११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको थियो । यसअघि नै महानगरको बैठकबाट मेयर चिरिबाबु महर्जनले फोहोर संकलनमा सहभागी हुन सबैलाई आह्वान गर्नु भएको थियो। सोही अनुसार स्वयंमसेवक सहभागी भएका हुन् ।

महानगर अनुसार ५, ६, १२, १६, १५, १९ र २० नम्बर बाहेक नदी किनारमा रहेका अन्य वडाहरू बाढीबाट प्रभावित छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार