सरसफाइ अभियन्ता राजमानद्वारा कीर्तिपुरको मेयरमा उम्मेदवारी घोषणा, किर्तिपुरमा घरदैलो कार्यक्रम सुरु

  वास खबर सम्बाददाता  254 पटक हेरिएको

काठमाडौ : मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा सरसफाइ अभियन्ता राजमान महर्जनले चुनाव लड्ने घोषणा गर्नुभएको छ । २०६६ साल बाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका राजमानले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि बढाएको र मङ्सिर २ गते हुने मनोनयनमा आफूले उम्मेदवारी दर्ता गर्ने बताउनुभयो।

‘मैले घरदैलो कार्यक्रम पनि सुरु गरिसके । भोली बाघ भैरवमा बिहान चियापान कार्यक्रम राखेका छौँ‚’ उहाँले भन्नुभयो। कीर्तिपुरकै लहना रेस्टुरेन्टको अध्यक्ष समेत रहेका उहाँले आफूलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबाट पनि सहयोगको आश्वासन आएको बताउनुभयो । यस्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयबाट पनि सम्पर्क भएको बताउनुभयो।

आफू नितान्त सामाजिक अभियन्ता भएको र राजनीतिक व्यक्ति नभएकाले पनि आफ्नो अभियान सफल बनाउन एक पटक पावरमा जान चाहेको बताउनुुभयो।

कीर्तिपुरबासीले पनि राजमानलाई सबैले सरसफाइ अभियन्ताु मान्छन्। म सरसफाइकै लागि निरन्तर हिँडिरहने फिरन्ते हुँ। सफा गर्न जहाँ जान्छु, त्यहीँ बस्छु, ‘उहाँले भन्नुभयो कसैले बस्न, खान दिए उनीहरूसँगै जान्छु। नभए टेन्ट नै मेरो घर।’

राजमानले २०६६ साल भदौदेखि सरसफाइको काम थाल्नु भएको हो। सुरूमा उहाँलाई कसैले पत्याएका थिएनन्। न परिवारले, न साथीभाइले। ‘हावा कुरा भनेर उडाए। कतिले पागल भन्न भ्याए। पार्टीको मान्छेु, महानगरको मान्छे भनेको पनि सुन्थे उहाँ।

‘हाम्रो समाजमा अनौठो काम गर्नेलाई यस्ता प्रतिक्रिया दिनु स्वभाविक हो’ उहाँ भन्नुहुन्छ ।

राजमानलाई मान्छेका कुराले छोएन। आफ्नै सुरमा लागि रहे। हातमा कुचो टुटेन। कुचोले सफाइ गर्न छाडेन। यसैको नतिजा हो, राजमानलाई अचेल समाजले पत्याएको छ। सम्मान दिन थालेको छ।

‘मेरो सरसफाइ सम्बन्धी जुन अभियान छ र मैले जसरी सोचेको छु त्यसलाई पुरा गर्न एक पटक पावरमा जान चाहेको हो‚’ उहाँले भन्नुभयो ‘अभियान आफूले भने अनुसार सधैँ ढाल्न सकिने रहेनछ । पावर र अभियानले निचोड निकाल्न सकिन्छ कि भन्ने दृष्टिकोणले गर्दा खेरी एक पटक मेयर बन्न चाहेको हो ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार