काठमाडौ : ‘शहरका मानिसहरु पैसा फाल्छन्, बबरमान तामाङ त्यसलाई संकलन गर्नुहुन्छ । पैसा टिप्नका लागि बबरमानले ४३ जना कर्मचारी खटाउनु भएको छ । शहरियाहरुले फालेको पैसा टिप्दा महिनामै ४/५ लाख रुपैयाँ जम्मा हुँदोरहेछ ।’
हो शहरका मानिसहरु फोहोर फ्याँक्छन् रामेछापका बबरमान त्यसलाई पैसा बनाउनुहुन्छन । फोहोरलाई पैसामा रुपान्तरण गर्न उहाँले जोरपाटीस्थित बागमती नदी नजिकै फोहोरमैला सेग्रिगेसन सेन्टर (फोहोरमैलाको बर्गीकरण गर्ने ठाउँ) बनाउनुुभएको छ ।
बूढानीलकण्ठ, कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाको फोहोर सेग्रिगेसन सेन्टरमा संकलन हुन्छ र त्यहाँ छुुट्याइन्छ । छुट्याएका सीसा, प्लास्टिक, मेटल, जस्ता सामान कवाडीलाई विक्री गर्नुहुन्छ भने फेरि प्रयोगमा ल्याउन सकिने फोहोर विक्री गर्नुुहुन्छ ।
सेग्रिगेसन सेन्टरको नाम दिइएको छ ‘क्रियटिभ सरसफाइ प्रालि । उहाँले यही प्रालि मार्फत दैनिक ६ हजार घरपरिवारको फोहोर संकलन गर्दै आउनुुभएको छ ।
‘मरेका जनावरका मासु, भान्छाबाट निस्केको फोहोर, हस्पिटल तथा स्कुलबाट निस्कने सबै फोहोर प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो । जग्गाको समस्याले गर्दा संकलित सबै फोहोर छुटयाएर विक्री गर्न नसकेको उहाँको गुनासो छ । उहाँले अहिले ४ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आउनुुभएको छ ।
यसरी बने रामेछापका बबरमान फोहोर उद्यमी

रामेछापको डोग्माबाट सपनाको पोका बोकेर शहर छिर्दा बबरमान ११ बर्षको मात्र हुनुहुन्थ्यो । काठमाडौ टेकेकै बर्ष चुच्चेपाटीमा पासाङल्हामुको शालिक नजिकै फोहोरकोे डंगुर देखेपछि यसको व्यवस्थापन कसरी हुनसक्छ भन्ने विषयमा घोत्लिएर सोचेको र आजको अवस्थामा आईपुुगेको उहाँले बताउनुुभयो ।
‘त्यो फोहोरले हामीलाई डेरामा आउन जान पनि साह्रै मुिस्कल हुन्थ्यो, यही फोहोरको डंगुरले नै यसैमा काम गरौं भन्ने लाग्यो र आजको अवस्थामा आईपुुगें’ उहाँले भन्नुुभयो ।
फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाका पुुगेका बबरमान आफै फोहोरमैला व्यवस्थापन गर्ने सोच लिएर फर्किनुुभयो । ‘तत्कालीन वातावरण शाखा प्रमुख शान्तराम पोखरेललाई भेटेपछि नीजि कम्पनीले फोहोर व्यवस्थापन गर्न मिल्ने बताउनुुभयो, मैले त्यही मनमनै निधो गरिहाले’ उहाँले विगत सम्झिदै भन्नुुभयो ।
त्यसपछि के भयो त ? बबरमान भन्नुहुुन्छ ‘५ वर्ष त रिक्सामा फोहोर बटुल्ने काम गरे, अनि प्रगतिशील युवा समूह बनाएँ । त्यसपछि बौद्ध सरसफाइ प्रा.लि. खोलेर काम गरें, अहिले क्रियटिभ सरसफाइ प्रालि नाम दिएको छुु ।’


2465 पटक हेरिएको 

