डम्पिङ साईट नबनाए सफाइ अभियान चलाउनु ब्यर्थ : अभियन्ता टण्डन

काठमाडौ : सरसफाइ अभियन्ताले नियमित रुपमा सफाइ गरी संकलन गरेको फोहोरको व्यवस्थापन गर्न समस्या भएपछि अभियन्ताले सफाइ अभियान चलाउनु व्यर्थ रहेको बताउन थालेका छन् । डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन नभएसम्म फोहोर संकलन गर्ने कामले मात्र सफा शहरको नारा सार्थक नहुने आवाज उठ्न थालेको हो ।

सफाइ अभियन्ता लोकबहादुर टण्डनले आफ्नो फेसबुकमा लेख्नुु भएको छ ‘फोहोर ब्यबस्थापनको कुनै नियम र प्रकृया अगाडि नबढ्ने हो भने यसरी सफाइ अभियान मात्र चलाउनु र सफाइ भन्ने नारा ब्यर्थ हुनेछ । यसका लागि छिटो भन्दा छिटो चौतर्फी दबाबमूलक कार्यक्रम गर्नुु अपरिहार्य भएको र यस कामका लागि हामी जति पनि सफाइ अभियन्ताले मिलेर एउटा खाका तयार गरे अगाडि बढ्नुु आजको आवश्यकता रहेको छ ।’

अब अभियन्ताले सोच बदल्नुपर्ने जरुरी रहेको उहाँको भनाई छ । ‘हामीले हाम्रो सोच बदल्नु जरुरी छ, तर यति भन्दैमा अभियन्ताले हार मानिहाल्नुपर्ने जरुरी छैन र पनि आ आफ्नो क्षेत्रको फोहोको व्यबस्थापन त्यसै क्षेत्रमा गर्ने सम्बन्धमा सरकारलाई गृहकार्य गर्न दबाब दिन जरुरी देखिन्छ ।

जति सफा गर्दै गएपनि डम्पिङ साईटको अभाब र त्यसको व्यबस्थापन नहुँदा त्यसको दुश्प्रभाब हामी र हाम्रै सन्ततिले दिर्घकालमा भोग्नु पर्ने निश्चित छ’ उहाँले फेसबुकमा लेख्नुुभएको छ ।

चक्रपथ सरसफाइ अभियानको ७५ हप्तामा आज गोंगबु चोकबाट शुरु गरी सामाखुसी हुँदै बसुन्धारा तर्फको सफाइ गरी १२ टन फोहोर उठाइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार