खानेपानीले छालिङमा ल्यायो, आयआर्जनमा छलाङ (भिडियो)

भक्तपुर ९ चैत्र । खानेपानी नहुँदा प्यास खपेर बस्नुपर्ला, धेरै टाढा धाएर ल्याउनुपर्ला, या त पानीकै जोहो गर्न निक्कै दुःख गर्नुपर्ला ?  तर खानेपानीको आपूर्ति भएपछि प्यास सहेर बस्नु नपर्ने, टाढा धाउन नपर्ने वा पानीको बन्दोवस्त गर्न दुःख गर्नु नपर्ने मात्र होइन, आयआर्जन र समृद्धिको ढोका पनि खुला हुँदोरहेछ ।
यो कुराको पुष्ट्याई गरेका छन् भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङका बासिन्दाले । हेर्नुहोस् यो भिडियो ।

भूकम्पपछि छालिङमा पानीको एकदमै समस्या भयो । मुलको खोला मुहानबाट लिफ्टिङ गरेर पानी जम्मा गर्ने ट्याङ्की नै चार चिरा परेपछि छालिङका बासिन्दा आकुलव्याकुल भएका थिए ।

यो समस्याको पहिचान गरी जब फ्रेण्डस् सर्भिस काउन्सिल नेपालले खानेपानीको आपतकालीन आपूर्तिका लागि अस्थायी ट्याङ्की र अहिले स्थायी ट्याङ्की निर्माण गरिदियो, त्यसपछि छालिङका बासिन्दाले सुखले खानेपानी पिउन पाए । खानेपानीको आपूर्ति भएपछि बचेको पानीलाई करेसाबारीमा सिचाई गरी आयआर्जन पनि गर्न थालेका छन् ।
छालिङका हरेक घरले अहिले तरकारी खेती लगाउन थालेका छन् । कतिले भक्तपुरको बजारसम्म बेच्न लैजाने गरेका छन् भने केही उत्पादन नगरेको घरले पनि आफ्नो घरपरिवारको लागि आवश्यक पर्ने तरकारी आफ्नै उत्पादनले धानेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार